बहुगुणकारी मेथी

हिमालय टाइम्स
Read Time = 3 mins

✍️ प्रतिभा शर्मा

यो शब्दसँग अपरिचति र जानकार नहुने सायद कोही नेपाली होलान् । यसको दानालाई दाल, तरकारी, अचारमा फुराउने प्रचलन छ भने पातलाई सागको रूपमा खाने प्रचलन छ । हाम्रो छिमेकी राष्ट्र भारतमा त यसको परौठा नै बनाएर खाने प्रचलन पनि रहेको पाइन्छ । मेथीको अचार पनि खाने गरिन्छ । स्वादमा केही तीतो भए पनि मेथी गुणैगुणले भरिपूर्ण छ ।

हालै भएको एक अनुसन्धानबाट, मेथीको सेवनले रगतमा ग्लुकोज र कोलेस्ट्रोलको मात्रा घटाउने अनि १ र २ प्रकारको मधुमेहको लागि राम्रो उपचार हुने कुरा पत्ता लागेको छ । हृदयरोगको लागि पनि यसको फाइदाको बारेमा अनुसन्धान भइरहेको बताइन्छ ।

हालै भएको एक अनुसन्धानबाट, मेथीको सेवनले रगतमा ग्लुकोज र कोलेस्ट्रोलको मात्रा घटाउने अनि एक र दुई प्रकारको मधुमेहको लागि राम्रो उपचार हुने कुरा पत्ता लागेको छ । हृदयरोगका लागि यसको फाइदाको बारेमा अनुसन्धान भइरहेको बताइन्छ ।

यसका केही फाइदा
१) मेथीको सागमा फाइबर हुन्छ । जसले तपाईंले खानुभएको धेरै समयसम्म भोक लाग्दैन ।
२) मेथीको दाना वजन घटाउन सहयोगी हुन्छ । यसकाराण तपाईं वजन घटाउन चाहनुहुन्छ भने यसको भरपूर्ण प्रयोग गर्न सक्नुहुन्छ ।
३) तपाईंको ब्लड-सुगर बढी छ भने यसको साग प्रयोग गर्नुहोस् । भनिन्छ यसले ब्लड सुगर कन्ट्रोल गर्छ ।
४) यसले पाचन प्रणालीमा पनि सुधार ल्याउछ । तपाईंलाई ग्यासको अनि पेट गाह्रो हुने समस्या छ भने मेथीको साग खानुहोस् ।
५) मुटुको अनेकौ समस्यामा यो लाभदायक हुने हुँदा मुटुका रोगीले यसको सेवन गर्नु लाभदायक हुन्छ ।
६) शरीरमा खराब कोलेस्ट्रोल बढनुले शरीरमा धेरै समस्या निम्ताउँछ । यस स्थितिमा तपाईं मेथीको सागको प्रयोग नर्ग सक्नुहुन्छ । यो कोलेस्ट्रोल कम गर्न मद्धत गर्दछ ।
७) तपाईंको मुखबाट दुर्गन्ध आउँछ भने यसको साग खान सक्नुहुन्छ । यसको चिया पनि पिउन सक्नुहुन्छ ।
८) ताजा मेथीको पातलाई पिसेर अनुहारमा लगाउँनाले अनुहारमा रहेका डण्डिफोर अनुहारको रूखापन तथा झुर्रियां चाउरी परेको निर्मूल हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?