घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

बिराटनगर। घाँटीमा मासु अड्किएर मोरङमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको उर्लाबारी नगरपालिका–१ का ५२ वर्षीय घिसिङ धिमालको मृत्यु भएको छ ।

आइतबार दिउँसो छिमेकीको बिहे भोज खाने क्रममा मासु घाँटीमा अड्किएर धिमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मासु अड्किएपछि घिसिङ्लाई उपचारका लागि नजिकैको क्लिनिक लैजाँदै गर्दा उहाँको बाटैमा मृत्यु भएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?