काठमाडौं । आफ्ना सेनालाई थप शक्तिशाली बनाउने उद्देश्यले चीनले रक्षा बजेट बढाएको छ ।
चीनले सात प्रतिशतले रक्षा बजेट बढाउने निर्णय गरेको बीबीसीले जनाएको छ । चिनियाँ संसद (नेसनल पिपुल्स कंग्रेस) मा सम्बोधन गर्दै प्रधानमन्त्री ली केकियाङले चीनलाई कमजोर बनाउने प्रयास तीव्र भएको भन्दै यस वर्ष रक्षा बजेट बढाउने निर्णय गरिएको बताए ।
उनले सीमा क्षेत्रमा सैन्य प्रशिक्षण र सबै प्रकारका तयारीलाई तीव्र बनाउनुपर्नेमा जोड दिए । चीनले सेनाका लागि बर्सेनि करिब दुई सय अर्ब डलर खर्च गर्ने गरेको छ । यद्यपि उसको प्रतिद्वन्द्वी अमेरिकाको तुलनामा यो करिब चार गुणा कम हो ।
संसद बैठकमा चीनले यस वर्ष ५ प्रतिशतभन्दा कम आर्थिक विकासको लक्ष्य राखेको जानकारी पनि गराइएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच