बार्सिलोनाको जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगामा महत्वपूर्ण जित हात पारेको छ ।

घरेलु मैदानमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले भ्यालेन्सियामाथि १–० को जित निकालेको हो ।

स्पोटिफाई नोउक्याम्पमा आइतबार राति भएको खेलको १५ औं मिनेटमा कप्तान सर्जियो बुस्क्वेट्सको पासमा गोेल गर्न सफल भएका थिए ।

५५औं मिनेटमा फेरान टोरेस पेनाल्टीमा चुक्दा बार्सिलोना अग्रता दोब्बर पार्नबाट चुक्यो ।

५९औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिन पुग्यो । ह्युगो डुरोमाथि अनावश्यक फउल गरेपछि रेफ्रीले रोनाल्ड एराउजोलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।

यस जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाको २४ खेलबाट ६२ अंक पुगेको छ । पराजित भ्यालेन्सिया २३ अंक जोडेर १९औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?