स्वरोजगारी सिर्जना गर्न युवाको अधिक कर्जा माग

केशव आचार्य
Read Time = 13 mins

मुलुकमा आर्थिक रूपले विपन्न महिला, दलित, आदिवासी जनजाति, मधेसी, सीमान्तकृत, लोपोन्मुख, थारू, अल्पसंख्यक, मुस्लिम, द्वन्द्वपीडित, अपांगता भएका व्यक्ति, पिछडिएको क्षेत्रका व्यक्ति, मजदुर, गरिब किसान, सुकुम्बासी वा साना व्यवसायी एवं युवा तथा परम्परागत सीप भएका जातजातिलाई व्यावसायिक खेती गर्न प्रोत्साहन गर्ने जस्ता उद्देश्य राखेर युवा तथा साना व्यवसायी स्वरोजगार कोषको स्थापना भएको हो ।

विसं २०६५ सालमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको स्थापना भएको हो । यस संस्थाको परिचालन, व्यवस्थापन र नियन्त्रण नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले गर्दै आइरहेको छ । कोषले हालसम्म ४ अर्ब २४ करोड ६५ लाख ७ हजार ६ सय ७५ रुपैयाँ लगानी गरेको छ । उक्त कोषबाट अहिलेसम्म १२ अर्ब ९३ करोड ११ लाख ८५ हजार लगानी भएको कोषले जनाएको छ । संस्थाले ब्याज अनुदानमा १४ हजार ६२ जनामा वितरण गरेको छ भने ब्याज अनुदान भुक्तानी भएको रकम १४ करोड ५८ लाख ५५ हजार ३ सय ५४ रहेको छ । कर्जा व्यवस्थापन अन्तर्गत शुल्क वितरण गरिएका २२ हजार ३ सय ४४ व्यवसायीहरू रहेको कोषको तथ्यांकमा देखिन्छ ।

अहिलेसम्म नेपालका ७५ वटा जिल्लामा स्वरोजगार कोषले लगानी गरेको छ । हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा भने यस कोषले सुविधा पुर्‍याउन सकेको छैन । कणाली प्रदेश, जनकपुर प्रदेशलगायत क्षेत्रमा भने बढी लगानी भएको पाइन्छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, युवा तथा साना व्यवसायी स्वरोजगार कोषले विपन्न वर्गतर्फ ३ अर्ब ८३ करोड ८ लाख ८६ हजार ७ सय ८२ रुपैयाँ कर्जा प्राप्त गरेको छ भने सञ्चित रकम आम्दानीतर्फ ८० करोड १८ लाख ८२ हजार ६ सय ९१ रहेको साना व्यवसायी स्वरोजगार कोष सचिवालयले बताएको छ । कोषको रकम २ हजार ६ सय ५७ वटा सहकारीमार्फत् लगानी भएको र ४० वटा बैंक तथा वित्तीय संस्थामा लगानी गरिएको छ । यस कोषले हालसम्म ९५ हजार १ सय ६१ जनालाई स्वरोजगार बनाउन मद्धत पुर्‍याएको छ । साथै यस संस्थाले ४२ हजार ५ सय ६३ जना व्यवसायीहरूलाई अभिमुखीकरण तालिम र ८ हजार ४ सय ४० जनालाई सीपमूलक तालिम प्रदान गरेको जनाएको छ ।

कोषले कर्जा व्यवस्थापनतर्फ १ करोड ११ लाख ७२ हजार शुल्क भुक्तानी भएको छ भने स्वरोजगार बीमा ७० हजार ८ सय ४५ जनाको मात्र गरेको तथ्यांकमा उल्लेख छ । व्यवसायीलाई न्यूनतम ५० हजारदेखि माथि र वडाको सिफारिशको आधारमा त्यसभन्दा बढी कर्जा लगानी गर्ने गरेको पाइएको छ । सुरुको समयमा करिब ८ प्रतिशत ब्याजमा कर्जा लगानी गरे पनि पछि छुट हुँदा ३.२ प्रतिशत ब्याज लाग्ने गरेको संस्थाले जनाएको छ । हालसम्म बीमा क्षतिपूर्ति उपलब्ध गराइएका १ हजार १ सय ५६ जना रहेका छन् भने बीमा क्षतिपूर्तिस्वरूप ६ करोड ९६ लाख ९० हजार ५ सय १ रुपैयाँ उपलब्ध गराइएको तथ्यांकले बताउँछ ।

अहिलेसम्म नेपालका ७५ वटा जिल्लामा यस कोषले लगानी गरेको छ । हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा भने यस कोषले सुविधा पु¥याउन सकेको छैन । कणाली प्रदेश, जनकपुर प्रदेशलगायत क्षेत्रमा भने बढी लगानी भएको पाइन्छ । पछिल्ला दिनमा यस कोषले कृषि फलफूल तरकारी र गाई तथा भैंसी पालनमा समेत कर्जा प्रवाह गर्न थालेको पाइन्छ । यसैगरी पशुपक्षीपालन, कृषीजन्य उद्योग वा सेवामूलक स्वरोजगार कार्यक्रम सञ्चालन गर्न सहुलियत ब्याजदरमा प्रतिव्यक्ति २ लाखसम्म आवधिक ऋण उपलब्ध गराई तिनीहरूको आय आर्जनमा वृद्घि गरी जीविकोपार्जनलाई सहज बनाउनु कोषको मुख्य उद्देश्य छ । संस्थाले प्रवाह गरेको कर्जा पाँच वर्षभित्र किस्तामा तिर्न सकिने व्यवस्था गरिदिएको छ ।

यस कोषले स्वरोजगार र रोजगार बनाउन मद्धत पुगेको साथै रकमको माग पनि अत्यधिक बढ्दै गएको कार्यलय स्रोतले बताउँछ । संस्थाले विनाधितो स्वरोजगार कर्जा लगानी, सहुलियतदरमा कर्जा लगानी, व्यावसायिक तथा व्यवसायीको परियोजनाको निःशुल्क बिमा, असल कर्जाग्राहीले व्याजमा ६० प्रतिशत ब्याजमा अनुदान दिँदै आएको कोषका कार्यकारी अधिकारीले बताएका छन् । कोषले उत्पादनशील श्रमको अधिकतम उपयोग तथा उद्यमशीलताको विकासमार्फत् परम्परागत उत्पादन प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने तथा सीपयुक्त बेरोजगार युवालाई स्वरोजगारको अवसर प्रदान गर्ने लक्ष्य लिएको दाबी अधिकारीले गरेका छन् । मुलुकमा पुँजीको व्यवस्था गरी देशको उत्पादनशील र सीपयुक्त युवा जनशक्तिलाई पुँजी र कामको अभावमा विदेश पलायन हुने प्रवृत्तिलाई निरुत्साहित गर्न नेपाल सरकारबाट युवा तथा साना व्यवसायी स्वरोजगार कोषको स्थापना गरिएको हो ।

स्थानीय स्रोत साधनको उचित प्रयोग हुनेगरी मुलुकमा उपलब्ध जनशक्तिद्वारा स्वरोजगारमूलक व्यावसायिक परियोजना सञ्चालन गर्न यसले मद्धत गरिरहेको पाइन्छ । यसका लागि स्थानीयस्तरमा सुलभ र सुरक्षित व्यावसायिक कर्जा उपलब्ध गराई उद्यमशीलताको विकासगरी देशमा स्वरोजगारका अवसर सिर्जना गर्न कोषले विभिन्न कार्यक्रम घोषणा गरी सञ्चालनमा ल्याएको जनाएको छ । देशमा उपलब्ध जनशक्तिलाई आर्थिक रूपमा सक्षम बनाउनुका साथै सामाजिक रूपमा जिम्मेवार, सांस्कृतिक रूपमा जागरुक एवं सिर्जनशील बनाउनुले आर्थिक सबलता प्रदान गर्दछ । कोषको स्वरोजगार कार्यक्रमले व्यवसायीको सहज पहुँच, प्रयोग र स्रोत परिचालन गर्न सक्ने अवस्था सिर्जना हुन्छ । यसले व्यवसायीहरूमा अपनत्व र स्वामित्वको अनुभूति गराई स्वरोजगार÷रोजगार सिर्जनाका कार्यक्रमलाई प्रभावकारी बनाउन मद्धत पु¥याउँछ । व्यवसायीलाई थप रोजगारी सिर्जना गरी स्वरोजगारसमेत बन्न उत्साह प्रवाह गर्ने अभिप्रायले कोषले नियमित रूपमा थप कार्यक्रम र क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ ।

स्वरोजगार कोषले समाजमा विद्यमान रीतिरिवाज, संस्कार, समाजिक मूल्य मान्यता आदिको बारेमा प्रेरित गर्दै यसको संरक्षण र विकासमा युवाहरूलाई अग्रसर गराउन मद्धत गर्न सक्छ । लक्ष्यहीन भएर भौँतारिने र युवाहरूको प्रयोग गरी व्यक्तिगत उद्देश्य पूरा गर्ने राजनीतिक दल, संघसंस्थालाई बहिष्कार गर्न सक्छ ।

तर, सरकारले अझै युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा समेटिनु पर्ने युवा व्यवसायीहरूलाई पहिचान गर्ने स्पष्ट आधार बनाउन सकेको छैन । अहिलेसम्म प्राप्त गर्नेमा अधिकांश राजनीति पँहुच भएको दलका नेताले सिफारिश गरेको, आफन्त र चिने जानेको व्यक्तिले मात्र यसकोषबाट सुविधा पाइरहेको अधिक युवा व्यवसायीहरू बताउँछन् । कुनै पँहुच नभएकोलाई कोषले यो गर र त्यो गर भन्ने, कोषमा रकम नै छैन भन्ने, कोटा पुराभइसक्यो भन्ने गरेको उनीहरूको दाबी छ । एकातिर युवा व्यवसायीहरूको यो गुनासो छ भने अर्कातिर कोष आफैँ कोषको कमीका कारण माग गरिएको कर्जा उपलब्ध गराउन नसकेको बताइरहेको छ । आवश्यक कोषको व्यवस्थापनमा सरकार चुक्दा युवा तथा साना व्यवसायी स्वरोजगार कोष युवा व्यवसायीलाई फकाउने ललिपप जस्तो बनेको छ । कोषको लक्ष्य र उदेश्य सकरात्म रहे पनि सोहीअनुरूप कदम चाल्न कोष पछि पर्नु हुँदैन । यसबाट धेरै युवा व्यवसायी लाभान्वित बन्न सक्दछन् ।

यस कोषले समाजमा विद्यमान रीतिरिवाज, संस्कार, समाजिक मूल्य मान्यता आदिको बारेमा प्रेरित गर्दै यसको संरक्षण र विकासमा युवाहरूलाई अग्रसर गराउन मद्धत गर्न सक्छ । लक्ष्यहीन भएर भौँतारिने र युवाहरूको प्रयोग गरी व्यक्तिगत उद्देश्य पूरा गर्ने राजनीतिक दल, संघसंस्थालाई बहिष्कार गर्नसक्छ । निर्देशित लक्ष्य प्राप्त गर्नतर्फ अग्रसर बनाउन सकिन्छ । देशमा आर्थिक क्रियाकलाप गर्नसक्ने स्तरको शक्ति उत्पादनहीनताको अवस्थामा छ यसलाई परिचालन नगरी आर्थिक क्षेत्रको बाटो खुलाउन सकिँदैन । अर्थतन्त्र मजबुत बनाउन आर्थिक क्रियाकलापको अवरुद्ध बाटो तोड्न जरुरी भइसकेको छ । अबका दिनमा विदेशिएका युवाहरू फर्किदाको भयावह सरकारका लागि समस्यागत चुनौती बन्न सक्छ । यसका लागि युथहरूको परिचाल नै एक अचुक उपाय हो ।

युथ निर्देशित कार्यक्रम व्यवस्थापन नभएकै कारण आज युथहरूमा विविध प्रकारको समस्याबाट ग्रस्त हुन पुगेका छन् । गैरकानुनी कामबाट फौजदारी मुद्दा खेप्ने ठूलो जमात युथकै छ, कतिपयले आफ्नो ऊर्जाशील जीवन जेलमा कोचिरहेका छन् । गैरसामाजिक कार्य शरीर बेच्ने, बेचाउने, विभिन्न प्रकारका दुव्र्यसनमा लाग्नेहरूमा युथ नै भेटिन्छन् । यी समाजका परिचालकहरूको दूरदशा सरकारी नीति र राजनीतिक अपरिपक्कताको परिणाम हो, राजनीतिले यिनलाई राजनीतिक अभिष्ट पूरा गर्नमात्र प्रयोग गर्‍यो, संरक्षण र परिचालनमा ध्यान दिएन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?