सेतो हात्ती पाल्न राष्ट्रले कदापि सक्दैन

Read Time = 17 mins

✍️ मणि शर्मा

९४ वर्षको एउटा वृद्ध व्यक्तिलाई घरधनीले घरभाडा दिन नसकेको कारणले घरबाट बाहिर निकालिदिन्छ । वृद्धसँग एउटा पुरानो ओछ्यान, केही अल्मुनियमको भाडाहरू, एउटा प्लाष्टिकको बाल्टी र मग आदिको अलावा केही सामान थिएन । वृद्धले मालिकसँग भाडा तिर्न केही समय दिन अनुरोध गरे । छिमेकीहरूलाई पनि वृद्ध मानिसमाथि दया आयो र उनीहरूले घरबेटीलाई भाडा तिर्न केही समय दिन मनाए । घरबेटीले अनिच्छाले केही दिनको समय दिए । बाटोबाट गइरहेको एउटा पत्रकारले यो दृश्य देख्छ । उसले आफ्नो पत्रिकाका लागि वृद्ध र सामानहरूको दृष्यहरू क्यामेरामा कैद गर्छ । उनले यो लगेर आफ्नो सम्पादकलाई देखाए ।

फोटो देखेर सम्पादकले आश्चर्यचकित हुँदै सोधे के यो मानिसलाई चिन्छौ ? पत्रकारले चिन्दिन भन्यो । भोलिपल्ट समाचार पत्रको पहिलो पृष्ठमा यो समाचार छापियो, भारतका पूर्वप्रधानमन्त्री गुलजारीलाल नन्दा एउटा दयनीय जीवन बाँचिरहेका छन् । समाचारमा लेखिएको थियो कसरी एउटा भूतपूर्व प्रधानमन्त्री घरभाडा तिर्न न सकेर घरबाट निकालिए । टिप्पणीमा लेखिएको थियो आजभोलि नयाँ अनुहारहरूले कसरी पैसा कमाइरहेका छन् ? जबकि जुन व्यक्ति दुई चोटि पूर्वप्रधानमन्त्री भइसकेका छन् र लामो समयसम्म केन्द्रीयमन्त्री पनि बनिसकेका छन्, उनीसँग आफ्नो निजी घर छैन ।

खासमा ती वृद्ध गुलजारीलाल नन्दा प्रधानमन्त्रीको अलावा स्वतन्त्रता सेनानी पनि थिए । यसबापत उनले मासिक पाँच सय रुपैयाँ स्वतन्त्रता सेनानी भत्ता पनि पाउँथे । तर, उनले भत्ता खान स्वतन्त्रता सेनानी भएर लडेको होइन भन्दै भत्ता अस्वीकार गरेका थिए । पछि गएर जब उनीसँग घरभाडा दिन पैसा भएन, साथीहरूले उनको आम्दानीको कुनै स्रोत नभएकाले यो भत्ता लिएर घरभाडा तिर्न दबाब दिएपछि बल्ल भत्ता लिन सुरु गरे । यो समाचार प्रकाशन भएको भोलिपल्ट प्रधानमन्त्रीले बाहनहरूको लस्कर लिएर मन्त्रीहरूलाई उनीकहाँ पठाए ।

यतिका भिआइपीहरू आएको देखेर घरधनी दंग परे । तबमात्र उनलाई थाहा भयो उनको किरायादार वृद्ध अरू कोही नभएर भारतका पूर्वप्रधानमन्त्री हुन् । उनले गुलजारीलाल नन्दा समीप गएर आफ्नो व्यवहारका लागि क्षमा मागे । मन्त्री तथा सचिवहरूले गुलजारीलाल नन्दालाई सरकारी आवास तथा सूविधा लिन अनुरोध गरे । यो बुढेसकालमा यी सुविधाहरूको के काम भन्दै सरकारी सुविधा लिन उनले अस्वीकार गरे । उनी जीवनको अन्तिम साससम्म देशभक्त तथा सामान्य नागरिक भएर बाँचे ।

पुष्पकमल दाहालले आफ्ना कार्यकर्तालाई र हिजो माओवादीमा लागेर ज्यान गुमाएका परिवारको सहानुभूति बटुल्न राज्य तथा सनातन धर्मविरुद्धको प्रायोजित युद्धमा मरेकाहरूलाई राजपत्रमा प्रकाशित गरेर शहीद घोषणा गर्ने भएका छन् । राष्ट्रविरुद्ध लड्नेलाई के शहीद घोषणा गर्न मिल्छ ?

इन्दिरा गान्धीले भारतमा आपातकाल लगाउने घोषणाको उनीविरोधी थिए । यसै समयमा उनको जन्मदिन थियो । सबै उनलाई बधाई दिन उनको निवासमा आए । इन्दिरा गान्धी पनि बधाई दिन आउने खबर आयो तर उनले उनको शुभकामनाका लागि धन्यवाद दिँदै उनी कहाँ आउन पर्दैन भन्ने खबर पठाए । तर, इन्दिरा गान्धी आइन् । उनले इन्दिरालाई भने, आपात्काल लगाउनु प्रजातन्त्रका लागि खतरा हो, यो तपाईंको गलत कदम थियो । इन्दिरा गान्धी चुपचाप त्यहाँबाट निस्केर गइन् । त्यसपछि गुलजारीलाल नन्दाले राजनीतिबाट सन्यास लिए । जीवनको अन्तिम खुड्किलामा पुग्दा मुलुकमा राजनीतिको अपराधीकरण भएकोमा उनी चिन्तित थिए । उनले भनेका थिए, अपराधिक स्तरको राजनीति देशका लागि क्यान्सर जस्तै घातक सिद्ध हुनेछ ।

गुलजारीलाल नन्दाको जीवन र उनको भनाइलाई सम्झिँदा अहिले नेपालको राजनीति पनि अपाराधीकरण भएर मुलुकका लागि क्यान्सरभन्दा पनि बढी घातक भएको छ । देशका लागि सबैभन्दा क्रोनिक क्यान्सर पुष्पकमल दाहाल भएका छन् । जसको इलाज नगरे यो देश जीवित रहनेमा शंका छ । उनको अस्थिर तथा भ्रष्ट चरित्र, परिवारवादी चिन्तन र राष्ट्र रहे पनि नरहे पनि आफू र आफ्नो परिवार संसारको जुन कुनामा भए तापनि रहनुपर्छ भन्ने चिन्तन यो मुलुकको लागि अत्यन्त घातक सिद्ध भएको छ । उनले श्यामशरणसँग दिल्लीमा गरेको बाचाले नेपाललाई हानी भइरहेको छ र उनको अभीष्ट पूरा गराउन कहिले कांग्रे्रेस त कहिले एमालेले उनलाई बोकिरहेको छ । यी दुवै दलले यिनीलाई बोक्न छोडेको दिन यिनको र यिनको दलको इतिहास मेटिनेछ । तर, यी दुई दल आआफ्नो स्वार्थका लागि यिनलाई छोड्दैनन् र विदेशी शक्तिकेन्द्रले यिनलाई घुमीफिरी उनीहरूको स्वार्थ पूरा गर्न कांग्रे्रेसको शिरमा बोकाउन छोड्दैनन् ।

पुष्पकमल दाहालले आफ्ना कार्यकर्तालाई र हिजो माओवादीमा लागेर ज्यान गुमाएका परिवारको सहानुभूति बटुल्न राज्य तथा सनातन धर्मविरुद्धको प्रायोजित युद्धमा मरेकाहरूलाई राजपत्रमा प्रकाशित गरेर शहीद घोषणा गर्नेभएका छन् । उनले देशको ढुकुटी आफ्नो स्वार्थमा प्रयोग गरिरहेका छन् । राष्ट्रविरुद्ध लड्नेलाई के शहीद घोषणा गर्न मिल्छ ? संसारको कुन देशमा छ राष्ट्रविरुद्ध आततायी गतिविधिमा मारिएकालाई शहीद घोषणा गर्ने प्रचलन ? आफ्नो सत्ता जोगाउन यिनले राष्ट्रघाती नेताहरू जो सम्भ्रान्त पनि छन्, समेतलाई राष्ट्रको ढुकुटीबाट करोडौं रुपैयाँ औषधोपचारको नाममा बाँडिरहेका छन् । पूर्वराष्ट्रपति रामवरण यादव काठमाडौंस्थित आफ्नो निजी घर घाडामा दिएर राज्यकोषबाट भाडामा घर र सुविधाहरू लिएर बसिरहेका छन् । निवर्तमान हुन लागेकी राष्ट्रपति विद्यादेवी भण्डारीको निजी घर काठमाडौंमा हुँदाहुँदै उनका लागि सुविधासम्पन्न घर बनाउन सरकार तयार छ । घरसहित मनग्गै सुविधा पनि अवकाशपछि उनले पाउने छिन् । न लिनेलाई लोकलाज न दिनेलाई संकोच । सर्पपालन भनेर राज्यबाट पैसा लिएका, आफ्नो छोरालाई सरकारी ठेक्कापट्टा दिलाइराख्ने, आफ्नो स्वास्थ्योपचारका लागि भनी पटक–पटक लाखौंं रुपैयाँ लिने झलनाथ खनाल आफूलाई कम्युनिष्ट भन्छन् । आफू सम्पन्न परिवारको मान्छे भएर राज्यबाट भिख माग्दा उनलाई लाज लाग्दैन ?

यस्ता अनेकौं नेता छन् जो नियमित रूपमा राज्यको दोहन गरिरहेका छन् । आमजनता सिटामोल र जीवनजल खान नपाएर दुर्गम क्षेत्रमा मरिरहेका छन् । क्यान्सर, मुटु र मृगौला आदि रोग लागेका आमजनता उपचार गर्ने पैसा नभएर दिनहूँ मरिरहेका छन् । उनीहरूको स्वास्थ्यप्रति सरकार जिम्मेवार छैन । चरम गरिबीका कारणले रोजगारीको तलाशमा खाडी मुलुक, मलेशिया, इण्डिया आदि देशहरूमा युवाहरू आफ्नो परिवार छाडेर दिनहूँ दुई चार हजारका दरले पलायन भइरहेका छन् । उच्च शिक्षाका लागि विदेश जानेको संख्या उत्तिकै छ ।

विदेश गएपछि युवाहरू फर्केर आउँदैनन् । मर्ने बेलामा बाबु-आमाले आफ्नो सन्तानको मुख हेर्न पाउँदैन न त आफ्ना छोराहरूले उनीहरूको अर्थीलाई काँध दिने कर्तव्य पूरा गर्न पाउँछन् । खेतहरू युवाहरूको अभावमा बाँझै छन् । यहाँ उत्पादन भएको फलफूल र तरकारीले बजार पाउँदैन, न त दूधले नै पाउँछ । इण्डियाबाट सयौं ट्रक विषादी मिसिएको तरकारी र फलफूल नेपाल आयात हुन्छ । विषादीयुक्त फलफूल आयातमा प्रतिबन्ध लगाउन सरकार इण्डिया रिसाउँछ भन्ने डरले ती सामानहरू परीक्षण गर्न दिइँदैन । आफ्ना जनतालाई विष खुवाएर सरकारले मृदु मृत्यु प्रदान गरिरहेको छ ।

इण्डियाको सिक्किममा बाहिरबाट तरकारी, फलफूल आदि आउन पाउँदैन, सिक्किम त इण्डियाको एउटा प्रान्त हो । नेपाल त एउटा स्वतन्त्र देश हो तैपनि नेपालले इण्डियाको दबाब झेलिरहनु परेको छ । उद्योग, कलकारखाना बहुदलीय व्यवस्था आउने बित्तिकै निजीकरण गरेर देशमा बेरोजगारीको सिर्जना गरेर आयातमूलक देश बनाएका छन् । युवाहरू देशमा नभएकोले खेतहरू बाँझा छन् । पञ्चायत कालमा खाद्यान्न निर्यात गर्ने मुलुक आज अर्बौंको खाद्यान्न आयात गर्ने मुलुक यिनै नेताहरूले बनाएका छन् । भ्रष्टाचारले चरम सीमा नाघेको छ । राजनीति अपराधीहरूको हातमा गएको छ ।

यो सरकारले हाम्रो महत्वपूर्ण धार्मिक स्थलको पवित्रता र विश्वसनीयतालाई समाप्त पार्न खोजिरहेको छ । अहिले मुस्ताङमा बौद्ध महाविद्यालय खोल्ने अनुमति इण्डियालाई दिएको चर्चा पनि छ । जहाँ विश्वका सबै देशहरूबाट विद्यार्थीको रूपमा सिआइए, रअका मानिसहरूलाई अध्ययनको छुट दिएको छ ।

पञ्चायत कालमा यिनै नेता थिए जसले राजाले देशमा ब्रहृमलुट गरे भनेर कराएका थिए तर आज सत्तामा गएपछि यिनीहरू स्वयं ब्रहृमलुटेरा भएका छन् । राजाले लुटेको आजसम्म कुनै प्रमाण भेटिएन भनेर यिनीहरूले बनाएका ट्रष्टले नै भनिरहेका छन् । देशको राष्ट्रपतिको बन्ने नेपालीको हातमा छैन । इण्डिया र अमेरिकाबाट मन्त्री, सचिव, रअ प्रमुख आउँछन् र उनीहरूले फलानालाई बनाउनू भनेपछि फलानो नै यो देशको राष्ट्रपति बन्छन् । प्रधानमन्त्री को बन्ने भन्ने अन्तिम निर्णय उनीहरूले नै गर्छन् । अनि यो देश कसरी स्वतन्त्र र सार्वभौम रहन गयो ? हाम्रा नेताहरू इण्डियाका देशभक्त तथा इमानदार नेताबाट किन शिक्षा लिँदैनन् ? किन गुलजारीलाल नन्दा जस्तो बन्न सक्दैनन् ?

पशुपतिनाथको तान्त्रिक नक्सा यो सरकारले किन इण्डियालाई उपलब्ध गरायो ? किन पशुपतिनाथ र कैलाशको पुनर्निमाणको जिम्मा इण्डियालाई दिँदै त्यहाँ रहेको तान्त्रिक शक्तिलाई समाप्त पार्न खोजिरहेको छ । किन पशुपतिको गर्भगृहमा पुनर्निर्माण वा मर्मतको नाममा इण्डियनलाई पस्न दिन लागेको छ । यो सरकारले हाम्रो महत्वपूर्ण धार्मिक स्थलको पवित्रता र विश्वसनीयतालाई समाप्त पार्न खोजिरहेको छ । अहिले मुस्ताङमा बौद्ध महाविद्यालय खोल्ने अनुमति इण्डियालाई दिएको चर्चा पनि छ । जहाँ विश्वका सबै देशहरूबाट विद्यार्थीको रूपमा सिआइए, रअका मानिसहरूलाई अध्ययनको छुट दिएको छ । पञ्चायत कालमा नेपालको संवेदनशील यी ठाउँहरूमा विदेशीलाई जान निषेध थियो । यी सबै कुराको के सरकारसँग जवाफ छ ? हाम्रो राष्ट्रको स्वतन्त्रता तथा सार्वभौमसत्तामाथि कुल्चिन र हाम्रो सनातन धर्ममाथि आक्रमण गर्न विदेशीलाई छुट दिएर राज्यले नेपाललाई विदेशीको क्रीडाभूमि बनाउँन लागि रहेको छ । अब पनि नेपाली नजागे कहिले जाग्ने ? फागुन २० गतेबाट सुरु भएको आन्दोलनमा समस्त नेपाली एक हुनु पर्छ । भोलिका दिनमा यदि दुर्गा प्रसाईंले धोका दिए यसको नेतृत्व अरू कसैले लिन तम्तयार हुनुपर्छ । अहिलेसम्म नेपालमा जति आन्दोलनहरू भए ती सबै विदेशी शक्तिकेन्द्रबाट सञ्चालित थिए ।

अब नेपालीले आफैँ यो आन्दोलनलाई अगाडि बढाउनुपर्छ । एउटै विचार बोक्नेहरूको सामूहिक नेतृत्वमा आन्दोलन हुनुपर्छ । किनकि अहिलेसम्म जनताले सबै आन्दोलनबाट धोका खाँदै आइरहेका छन् । भोलि दुर्गा प्रसाईंले पनि धोका नदेलान् भन्ने छैन तर अहिलेलाई उनलाई विश्वास गर्नुको विकल्प छैन । एउटै लक्ष्य भएका सबै यसमा समावेश हुनुपर्छ । राष्ट्रपतिको पद नेपालका लागि सेतो हात्ती भएको छ । प्रत्येक पाँच वर्षमा अवकाशपछि उनीहरूलाई दिने आवासलगायतको सुविधा राज्यले थेग्न सक्दैन । नेपालले अब सेतो हात्ती कदापि पाल्न सक्दैन । देशमा एउटै त्यस्तो शक्ति चाहिएको छ जसबाट देश र सनातन धर्मको रक्षा हुन सकोस् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?