बर्दघाट नगरपालिकाद्वारा पहिलो पटक स्नातक तह पढ्नेलाई छात्रवृत्ति

Read Time = 2 mins

नवलपरासी । बर्दघाट नगरपालिकाले स्नातक तह अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले आर्थिक अवस्थाका कारण कोहि कसैले पनि स्नातक तहको पढाइ छोड्न नपरेस भने नगरले छात्रवृत्ति कार्यक्रम अगाडी सारेको बताउनु भयो । उहाँ भन्नू हुन्छ 'आर्थिक अभावका कारण पढाई बीचमा छाड्न नपरोस भनेर बर्दघाट नगरले पहिलो पटक स्नातक तह पढ्ने विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रम अगाडी सारिएको हो । यसलाई आगामी बर्ष बजेट बढाउने योजनामा छौं ।

बर्दघाट नगरपालिका भित्र स्थायी रुपमा बसोबास गर्ने विद्यार्थीहरुले छात्रवृत्तिका लागि आबेदन दिन सक्ने बर्द्घाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताउनु भयो । उहाँँका अनुसार नगरपालिकाले आर्थिक वर्ष २०७९/८० बार्षिक नगर बिकास योजनाबाट बजेट छुट्याएको हो ।

बर्दघाट नगरपालिकाका शिक्षा, युवा र खेलकुद शाखा प्रमुख प्रमुख लोकराज पन्थीले नगरले स्नातक तह अध्ययनरत गर्न कठिन भएका विद्यार्थीहरुलाई राहत पुग्ने बताउनु भयो । उहाँ भन्नू हुन्छ ' हामी संग केहि बजेट छ, तेसलाइ लक्ष्यित समुह समक्ष पुर्याउनुका लागि हामीले १५ दिन भित्रमा निवेदन दिन सुचना प्रकाशित गरेका छौं ।' लक्ष्यित समूह समक्ष पुग्नका लागि निवेदनमा विद्यार्थीले छात्रवृत्ति पाउनु पर्ने कारण समेत खुलाएर निवेदन माग गरिएको पन्थीले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?