काँग्रेस उम्मेदवारलाई सहयोग गर्न राप्रपा सकारात्मक : उपसभापति खड्का

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली काँग्रेसबाट राष्ट्रपतिका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेलल राष्ट्रिय प्रजातन्त्र पार्टीसँग राष्ट्रपतिमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

सोमवार राप्रपा पार्टी कार्यालय पुगेर वरिष्ठ नेता पौडेलले राष्ट्रपतिमा आफूलाई समर्थन गर्न आग्रह गर्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनसँग भेट गर्नुभएको हो । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेता पौडेल संविधानको रक्षा गर्नसक्ने पात्र भएकाले राप्रपासँग भोट मागेको बताउनु भयो । उहाँले राप्रपाले सकारात्मक जवाफ दिएको र अग्रिम शुभकामना दिएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘२५ गते हुने राष्ट्रपति निर्वाचनका लागि रामचन्द्र पौडेल संविधानको रक्षा गर्नसक्ने उपयुक्त पात्र हुनुहुन्छ त्यसकारण हामीले उहाँहरुसँग हामीलाइ सहयोग गर्न भन्यौँ । उहाँहरुले अग्रिम शुभकामना दिनुभयो । उहाँहरुले २४ गते बैठक बसेर निर्णय गर्ने भन्नुभएको छ । सकारात्मक जवाफ आएको छ ।’

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु आफूलाई समर्थन गर्न आग्रह गर्दै नेताहरुसँगको भेटलाई तिब्र बनाइरहेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?