सोल । दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चितिमा फेब्रुवरीमा चार महिनायता पहिलो पटक गिरावट आएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । बैंक अफ कोरियाका अनुसार फेब्रुअरीको अन्त्यमा विदेशी मुद्रा सञ्चिति ४२५.२९ अर्ब अमेरिकी डलर छ, जुन अघिल्लो महिनाको तुलनामा ४.६८ अर्ब डलरले कम हो । योसँगै बलियो डलरले गैरडलर सम्पत्तिहरूको रूपान्तरण मूल्य घटाएको छ ।
देशको विदेशी सञ्चितिमा ३७४ अर्ब ४९ करोड डलर धितोपत्र, २६ अर्ब ७५ करोड निक्षेप, १४ अर्ब ८० करोड डलर विशेष निकासी अधिकार, ४ अर्ब ७९ करोड डलर सुन र ४ अर्ब ४४ करोड डलर आइएमएफ (अन्तर्राष्ट्रिय मुद्रा कोष) छ । जनवरीको अन्त्यमा दक्षिण कोरिया विश्वको नवौं ठूलो विदेशी मुद्राको भण्डार भएको थियो । रासस÷सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच