काठमाडौं । नेपाल-ग्रामीण चलचित्र महोत्सवको दोस्रो संस्करण हुनेभएको छ । सेलिब्रेटी नेपालले वैशाखमा आयोजना गर्न लागेको महोत्सवको उद्देश्य पर्यटन प्रवद्र्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउनु रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिनुभयो ।
सेलिब्रेटी नेपालले आयोजना गर्न लागेको महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्र सहभागी रहने जनाइएको छ । महोत्सवका लागि चलचित्र दर्ता आहृवान गरिएको आयोजक संस्थाले जनाएको छ । महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् । जुरी टिमले छनोट गरेका चलचित्र अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
दर्शकलाई नेपाली मौलिक चलचित्रप्रति आकर्षित गराउनु, नियमित चलचित्र हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका चलचित्रलाई विश्वमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नु महोत्सवको मुख्य उद्देश्य छ । यो महोसोत्वको पहिलो संस्करण गतवर्ष गोरखा जिल्लाको लाप्राकमा गरिएको थियो । यसवर्ष महोत्सव हुने स्थान भने तय भइनसकेको आयोजकले बताएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका