काठमाडौं । छैटौं संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’-निफ को टिकट बुकिङ खुला गरिएको छ । आगामी चैत २ देखि ६ गतेसम्म काठमाडौं हुने ‘निफ’को सोमबारबदेखि टिकट बुकिङ खुला भएको हो । खल्ती एपमार्फत टिकट बुकिङ गर्न सकिने आयोजक संस्थाले जनाएको छ ।
यसपटक ‘निफ’का प्रतिस्पर्धी चलचित्रहरू चारवटा सिनेमा हलमार्फत प्रदर्शन गरिनेछ । क्यूएफएक्ससँगको सम्झौता भएनुसार काठमाडौंको सिटी सेन्टर र छायाँ सेन्टर, पुलचोकको लविङमल र भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा प्रतिस्पर्धी चलचित्र प्रदर्शन हुनेछन् ।
महोत्सवमा ३५ देशका ९५ प्रतियोगी चलचित्र प्रदर्शन हुनेछन् भने ‘ओपनिङ फिल्मको रूपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ प्रदर्शन हुनेछ । कार्यक्रमको उद्घाटन सिभिल मल सुन्धारामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो ।







च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न