काठमाडौं । रंगहरूको पर्व फागु अर्थात् होली सोमबार पहाडी तथा हिमाली क्षेत्रमा मनाइएको छ भने तराई मधेसमा आज मनाइँदै छ । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्लपूर्णिमा अर्थात् होली पूर्णिमाको दिन मनाउने गरिन्छ । त्रेता युगमा भगवान् विष्णुका परमभक्त प्रहृलादसँग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रहृलादलाई उहाँको आफ्नै फुपू होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफैं आगोमा भष्म भएकी थिइन् र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ । र, यसलाई रंगहरू सँग उत्सवका रुपमा मनाउने गरिन्छ । आइतबार हिमाल र पहाडमा विशेष उत्सवका साथ यो पर्व सम्पन्न भएको छ ।
कलाकारहरूले पनि आइतबारको दिन आ-आफ्नै तवरले रंगको यो उत्सव मनाएका छन् । अधिकांश कलाकारले आफ्नो होलीको तस्वीर सामाजिक सञ्जालमार्फत शेयरसमेत गरेका छन् । धेरै कलाकार, गायक गायिका काठमाडौं उपत्यका र देशका विभिन्न ठाउँमा भएका कार्यक्रममा सहभागी भएर उत्सव मनाएका छन् ।
यस्तै, चलचित्र ‘छक्का पञ्जा ४’ टोलीले पनि सोमबार होली विशेष कार्यक्रम गरेको छ । नयाँबानेश्वरमा दर्शकमाझ होली विशेष कार्यक्रम गरिएको हो । चलचित्रको प्रमोसनस्वरूप होली कार्यक्रम गरिएको थियो । नयाँबानेश्वर व्यापार व्यवसायी संघ र रेडियो अडियोको आयोजनामा ‘छक्का पञ्जा ४ सद्भाव होली’ कार्यक्रम राखिएको थियो । कार्यक्रममा दीपाश्री निरौला, निर्मल शर्मा, केदार घिमिरे, राज आचार्यलगायत कलाकारहरूले सांगीतिक प्रस्तुति पस्किनुभएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका