राज्यव्यवस्था सामानुपातिक, समावेशी र सहभागीमूलक छ ?

धनविक्रम सिंह
धनविक्रम सिंह
Read Time = 15 mins

‘सामन्ती, निरंकुश, एकीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडन अन्त्य गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक छ । भौगौलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रबद्र्धन गर्दै भएको छ । वर्गीय, जातीय क्षेत्रीय भाषिक धार्मिक, लैंगिक विभेद, सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धिमा सहभागी भएको छ । सामाजिक न्याय सुनिश्चित गर्न सामानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ । जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता जस्ता विषयमा दृढ छ । स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिका, कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न संविधानसभाबाट यो संविधान जारी गरिएको छ’, भनी नेपालको संविधानको प्रस्तावनामा संकल्प गरिएको छ ।

यी माथिका संकल्पहरू लिएर अगाडि बढेका सरकारले कुन चाहिँ आमजनताको सरोकार भएको काम पूरा गरेर देखाउन सकेको छ ? प्रजातन्त्र प्राप्तिको अन्तरिम कालमै प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी ल्याएर उपत्यकावासीको तिर्खा मेटाएर सडकसमेत पखालिदिने उद्घोष गर्नुभएको थियो । आज ३२ वर्ष बितिसक्दा उपत्यकावासीले काकाकुल भएर नै बस्नुपरेको छ । यो कस्तो अकर्मण्यता ? ३२ वर्ष लगाएर एउटा काम फत्ते गर्न नसक्नु यो कस्तो लाजमर्दो । हाम्रा नेताहरूको मनसाय र राज्यसंयन्त्रमै खोट छ कि ? वर्तमान संविधानमा समतामूलक समाजको निर्माण गर्ने भनिएको छ । समान तहमा ल्याउने प्रयासस्वरूप विभिन्न जातजाति, जनजाति जंगली कन्दमूल खाएर ओडारमा बस्ने कार्यक्रम ल्याएर सञ्चालन गरिएको छ ? त्यस्ता कार्यक्रम सञ्चालनको प्रस्थान बिन्दु कहाँबाट र कसरी ? भूइँमान्छे र यी जंगलमा भोकै पेट अर्धनग्न भएर हिँडिरहनेलाई सामाजिकस्तरमा ल्याउन विशेष कार्यक्रममा प्राथमिकता दिइनुपर्छ । बोलेर र वार्षिक बजेटमा लेखेरमात्र हुँदैन, पूरा गर्ने मनसाय र प्रतिबद्धता आवश्यक हुन्छ ।

आज पुँजीवादी व्यवस्थाले गर्दा वर्गविभेद झन्झन् फराकिलो हुँदै गएको देखिन्छ । धनी झन् धनी हुँदै गएका छन् भने गरिब झन् गरिब र गरिबको संख्या बढ्दै गएको छ । किनभने गरिबले काम र व्यवसाय गर्न देशभित्र समुचित वातावरण पाइरहेका छैनन् ।

त्यस्तै सञ्चित गरिराख्न नसक्ने हातमा आयो कि खाइहाल्ने मजदुर वर्गको कामको सुनिश्चिता, पारिश्रमिक (ज्याला) व्यावहारिक र वैज्ञानिक रूपले निर्धारण गरिदिनुपर्छ, अन्यथा समाजभित्र रहेका सामन्त अहिले पनि कम ज्याला दिएर श्रम शोषण गर्न छाड्दैनन् । कमलरी, हरूवाचरुवा, कमैयाहरूको श्रम शोषण गरिरहेको समाजले विनार्अकूश आफ्नो बानी, प्रवृत्ति छाड्न चाहँदैनन् । सरकारले संविधानले गरेको संकल्प, भावना, मनसायानुसार वर्गीय उत्थानका लागि विभिन्न कार्यक्रम सञ्चालन गरी सामाजिक न्याय प्रतिस्थापित गर्नैपर्ने हुन्छ । काम नपाएर भैंतारिएर भोकले रन्थनिएर सडक पेटीमै लम्पसार परिरहेका बेबारिसे मानिस हामीले देखिरहेका छौं । यस्ता करुण र बिद्रुप दृश्य सरकारले सबैका लागि ल्याकत अनुसारका काम र समुचित ज्यालाको व्यवस्था गरिदिएको भए देख्न पर्ने थिएन । बेवारिसे र शारीरिक रूपले सबल नभएकाका लागि आश्रम खोली त्यहाँ तिनीहरूकोे इलाजको व्यवस्था गरिनुपर्छ ।

उनीहरूलाई आत्मनिर्भर बनाउन गर्नसक्ने खालको आवश्यक सीप सिकाउनुपर्दछ, जसले गर्दा उनीहरूले महसुस गरिरहेको हिनताबोध कम भएर जानेछ । बहालवाला र भूतपूर्व पदाधिकार्रीका लागि स्वदेशमै उपचार गरे पनि हुने मामुली बिमारीका लागि विदेशमा गएर उपचार गराउन राज्यकोषबाट सहायता माग्नु, उपलब्ध गराउनु नैतिकता र इमानदारीको सर्वथा ह्र्रास भएको देखिन्छ । अपव्यय गर्नुको सट्टा दलित, पिछडिएका, असहाय भएर भौंतारिरहने सडक बालबालिकाका उत्थान जस्ता जनकल्याणकारी कार्यमा सदुपयोग गर्न संविधानले संकल्प गरेको कुरा कार्यपालिकाले बिर्सेकोे जस्तो लाग्छ । आज पुँजीवादी व्यवस्थाले गर्दा वर्गविभेद झन्झन् फराकिलो हुँदै गएको देखिन्छ ।

धनी झन् धनी हुँदै गएका छन् भने गरिब झन् गरिब र गरिबको संख्या बढ्दै गएको छ । किनभने गरिबले काम र व्यवसाय गर्न देशभित्र समुचित वातावरण पाइरहेका छैनन् । देशभित्र काम नपाएर आज हाम्रा गरिब नेपाली दाजुभाइ ५० डिग्री सेल्सियसको तापमानमा आफूलाई झिल्स्याउन दिनहुँ भारी संख्यामा हुलका हुल देश छाड्न बाध्य भइरहेका छन् । सरकारले देशभित्रै पर्याप्त काम सिर्जना गरिदिएको भए तिनहिरूले घर लथालिंग छाडेर विदेशिनुपर्ने थिएन ।

तर, सरकार यस मामिलामा रेमिट्यान्स आमदानीको लोभमा जनताको दुःखको वास्ता नगर्नाले मुलुकका युवाशक्ति प्रायःजसो सबै विदेश पलायन हुँदा सबैतिर भयावह स्थिति सिर्जना हुने स्थिति आइपुग्न लागेको छ । देशभित्र वृद्धवृद्धामात्र बाँकी रहने जनशक्तिले के चाँहि गरिहाल्ने विचार गरेको छ नेतृत्व वर्गले ? यिनीहरूलाई आफ्नै कामका लागि व्यस्त भइरहनाले भूइँ तहसम्म पुगेर भूइँमान्छेका लागि काम गर्ने फुर्सतै हुँदैन । अनि संविधानको मर्म र भावना कहिले र कसले पूरा गर्ने ? तत्कालै ठूल्ठूला उद्योगधन्दा खोलेर काम सिर्जना गर्न सक्ने अवस्था नरहेको सर्वविदितै छ । तर, हामी हात बाँधेर बसिरहनु हुँदैन, प्रयत्नशील त भइराख्नुपर्छ । ठूल्ठूला वैदेशिक पुँजीलाई पनि आकर्षित गर्ने वातावरण तयार पार्ने र स्वदेशी पुँजीलाई प्रोत्साहन गर्ने नीति लिनेमात्र होइन सकारात्मक वातावरण पनि तयार पार्नुपर्दछ । कृषि व्यवसाय, लघुउद्योग, घरेलु कुटिर उद्योग, हस्तकला उद्योग आदिलाई फष्टाउने वातावरण निर्माण गरिदिएमा थोरबहुत काम स्वदेशमै पाएर विदेशिनेको संख्या कम भएर जानेथियो । कृषि प्रधान देश भएर पनि कृषि क्षेत्रलाई आज व्यवसायको रूपमा नअपनाउँदा यो निर्वाहमुखीमा सीमित हुनपुग्यो । त्यसमा पनि युवा जनशक्ति देशबाहिर पलायन भएको अवस्थाले गर्दा कृषियोग्य जमिन यत्रतत्र बाँझो छ । बाँझो रहन गएका जमिनमा खेती गरिएमा भइरहेको अधिकतम खाद्यान्न आयात केही हदसम्म प्रतिस्थापन हुनगई व्यापार घाटा कम हुनजाने थियो ।

नेपालको लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा गठित सरकारहरूले छिन्छिन्मा रंगरूप बदल्ने गरेकाले देश विकासमा अफापसिद्ध भइरहेको छ । एउटाले बजेट तर्जुमा गरेर कार्यान्वयन गर्न नपाउँदै सरकार परिवर्तन भइसक्छ । यसले बजेटको ध्येयनुसार कार्यान्वयन र परिपूर्ति हुन सक्दैन ।

हुन त कृषिमा धेरै स्कोप नभएको होइन तर सरकारले समुचित ध्यान र सरोकार नराख्नाले यो क्षेत्र उपेक्षित भई अपेक्षित मात्रामा उब्जनी हुन नसकी आज अत्यधिक मात्रामा खाद्यान्न आयात गर्नुपरिरहेको छ । कृषिमा आधुनिकीकरणको नाममा हाम्रो पुस्तौंदेखि बढी उब्जनी दिने धानहरू मार्सी, झिनुवा, तराईमा बढी उब्जनी दिइरहेका लालसर, मनसरा जस्ता धानलाई विस्थापित गरी हाइब्रिड भनाउँदा धानका जात पसाउँदै नपसाउँदै र पसाए पनि गेडा नलागेर किसान पुर्परोमा हात राखेर भोकभोकै बस्नुपरेको उदाहरण छ । हम्रा रैथाने धानबाली र अरू बालीनालीहरू हाम्रो हावापानी सुहाउँदो भएर बढी उत्पादन दिइरहेकालाई विस्थापित गरेर हाम्रो माटोमा नभिजेकालाई र उपयुक्त किसिमको परीक्षणै नगरी हचुवा परीक्षणको भरमा किसानको खेतबारीमा सोझै बाली लगाउँदा किसानले पुर्पुरोमा हात लाएर रुनुपर्ने थिएन ।

आगामी बजेटमा ग्रामीण क्षेत्रलाई कृषि उत्पादन क्षेत्रको रूपमा विकास गरिनेछ, यसले कृषि उत्पादनमा वृद्धिल्याई रोजगारीका अवसर सिर्जना गर्नेछन् भनिएको छ । वर्षौंदेखि बाँझो रहेका जमिनलाई कृषिमा सहकार्य गर्ने समूह र सहकारीमा संगठित गरी कृषि उत्पादन बढाउने लक्ष्य लिइएको छ । कृषिमा यान्त्रिकीकरण, आधुनिकीकरण प्रविधि अनुशरण गर्दै व्यावसायिकतर्फ उन्मुख हुने बजेटमा अठोट गरिएको छ । अझ प्रलोभन त कृषकलाई योगदानका आधारमा पेन्सनको व्यवस्था गरिनेछ भनिएको छ ।

यसअन्तर्गत किसानले जम्मा गरेको रकममा सरकारले १० प्रतिशत थपिदिने बजेटमा उद्घोष गरिएको छ । त्यस्तै कृषक पहिचान कार्ड उपलब्ध गराएर सार्वजनिक सेवाहरूमा सहुलियत प्रदान गरिनेछ भनिएको छ । तर, यी सबै हात्ती आयो हात्ती आयो फुस्सा भएको छ । सरकारको लोकप्रियता आकर्र्षक बजेट ल्याएर तत्काल वाहवाही कमाउन पल्केका अर्थमन्त्रीहरूद्वारा गर्न सकिने÷नसकिने काम थुपार्ने चलन बसाएर जनतालाई हिस्स पार्ने गरेका छन् । लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा गठित सरकारले छिनछिनमा रंगरूप बदल्ने गरेकाले देश विकासमा अफापसिद्ध भइरहेको छ । एउटाले बजेट तर्जुमा गरेर कार्यान्वयन गर्न नपाउँदै सरकार परिवर्तन भइसक्छ । बजेटको ध्येयानुसार परिपूर्ति हुन सक्दैन । लाग्छ यो लोकतन्त्र केही सीमित टाठाबाठा मानिसका लागि, जो आफ्नै लागि मात्र सोच्ने गर्छन् देश र जनता जे सुकै होऊन् भन्ने विचार अंगीकार गरेका छन् उनीहरूकै लागि हो जस्तो छ । यी यावत् कुरालाई गहिरो गरी विचार गर्दा दुई महिनामै सरकार बन्ने र भत्किने गरिरहँदा नेपालको माटो सुहाउँदो संसदीय व्यवस्था भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. यस लेखमा सङ्हीय लोकतान्त्रीक गणतान्त्रीक राज्य -ब्यबस्थाले अग्कीकर गरेको नीति, उद्देश्य, लक्ष अनुसार पुरा गर्न गरिएको सकल्प दर्शाउन सम्बिधानको प्रस्ताबना यथारुप उधृत गरिएर राखिएकोमा अनलाइन सन्स्करणमा सन्सोधन हुनपुगेकोले क्षमा प्रार्थी छौ , सच्याएर पढि दिनुहुन अनुरोध छ ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग पाटनमा मिप्वाः लाखे नाच सुरु, पाँच दिनसम्म प्रदर्शन हुने [तस्वीरहरु] ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव नेपाल ल्याइयो… एमाले–नेकपाबीच प्रदेश सरकारको भागबण्डाको आधार तय, मुख्यमन्त्री नलिनेले पहिले मन्त्रालय रोज्ने कांग्रेसको विवाद सैद्धान्तिकभन्दा नेताको व्यक्तिगत चरित्रमा केन्द्रित भयो : भावुक न्यौपाने एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्दै सरकार ‘सर्वोच्चमा दायर मुद्दा फिर्ता लिएर संवादबाट कांग्रेसको समस्या समाधान गरौँ’ : ध्रुव… खनिज सम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः उपनेता अर्याल घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए विद्युतीय एम्बुलेन्स र शववाहनमा कर छुट दिने मन्त्रिपरिषद्को निर्णय