पूर्वमाओवादी घटकहरूसँग छलफल गर्दै प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा माओवादीबाट फुटेर गएका तथा माओवादीको विचारसँग निकट राजनीतिक दलहरूको बैठक आज बस्दै छ । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार अहिले ९ बजे बैठक बस्दैछ । अध्यक्ष प्रचण्डले पछिल्लो समय सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्दै आउनुभएको छ ।

सोही विषयमा छलफल हुन लागेको बताइएको छ । यसअघि फागुन २१ मा माओवादी घटकका नेताहरू प्रचण्ड, बाबुराम भट्टराई, नेत्रविक्रम चन्दलगायत एउटै मञ्चमा देखिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?