छिमेकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Read Time = 1 min

काठमाडौं । छिमेक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

छिमेक लघुवित्तको चैत १० गते वार्षिक साधारण सभा बस्ने भएको छ। सभामा कम्पनीले कुल २५.२६ प्रतिश लाभांश वितरण गर्नेछ ।

लघुवित्तले आर्थिक वर्ष २०७८-७९ को नाफाबाट बोनस सेयर २२ प्रतिशत र कर प्रयोजन सहित ३.२६ प्रतिशत नगद गरी कुल २५.२६ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्ने छ ।

ADVERTISEMENT

यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुने कम्पनीले जनाएको छ ।

लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनको लागि फागुन २५ गतेदेखि चैत १० गतेसम्म बुक क्लोज गर्ने भएको छ।

फागुन २४ गते नारी दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । तसर्थ, आजसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारण सभामा भाग लिन पाउँनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?