बिपिडब्लु लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

Read Time = 2 mins

काठमाडौं । बिपिडब्लु लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि फागुन १८ गतेदेखि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो ।

प्रतिसेयर १ सय अंकित मूल्यमा ९७ हजार कित्ता सेयर निष्कासन गरेको हो ।  सोमध्ये बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता सेयर निष्कासन गरिसकेको छ भने कर्मचारीहरुका लागि १ हजार ५०० कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ४ हजार  ८५० कित्ता सुरक्षित गरिएको छ ।

बाँकी ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा लगानीकर्ताले आज कार्यालय समयभित्रमा आवेदन दिन सक्नेछन् ।

यस लघुवित्तमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाउने छन् । यस कम्पनीको बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ  ।

रेटिङ एजेन्सी इक्रा नेपालले बिपिडब्लु लघुवित्तलको आइपीओलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?