मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौ‌ं । काठमाडौ‌ंको कोटेश्वरमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ । पछाडी सवार १ जना घाइते भएकी छिन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुरको चागुनारायण नगरपालिका-५ का ४२ वर्षीय मधुकर बाला रहेका छन् । गम्भीर घाइते भएका उनको काठमाण्डौ मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको हो ।

घाइते भएकी मोटरसाइकलमा पछाडी सवार ललितपुरको इमाडोल बस्ने २२ वर्षीया स्नेहा रानाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रदेश ३०२००९ प ७००६ नम्बरको मोटरसाइकल सोमबार राति साढे १ बजे अनियन्त्रित भएर पल्टिएको प्रहरी प्रभाग कोटेश्वरले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?