राष्ट्रपति निर्वाचनका मतदातालाई भोलि बिहानसम्म काठमाडौं आइपुग्न निर्देशन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कांग्रेससहित नौ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनका मतदातालाई बुधबार बिहानसम्म काठमाडौं आइपुग्ने निर्देशन दिएको छ ।

राष्ट्रपति चयनका लागि बिहीबार हुने निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतादाता रहनेछन् । उनीहरु बुधबार बिहान ११ बजेभित्र काठमाडौं आइपुग्न र सम्बन्धित दलमा सम्पर्क गर्न निर्देशन दिएको हो ।

मंगलबार बसेको गठबन्धनको कार्यदलको बैठकले मतदातालाई बुधबार बिहान ११ बजेभित्र काठमाडौं आइपुगेर सम्बन्धित दलको सम्पर्क पुग्न निर्देशन दिएको हो ।

गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनतम, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी आवद्ध छन् ।

उक्त दलले राष्ट्रपति निर्वाचनका लागि गठन गरेको कार्यदलको मंगलबारको बैठकले उक्त निर्देशन दिएकाे कार्यदलका संयोजक तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?