घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । बैतडीको मेलौली नगरपालिकाले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । चालु आर्थिक बर्षको पहिलो र दोस्रो किस्ताको सामाजिक सुरक्षा भत्ता गाउँमै पुगेर वितरण गरीरहेको हो ।

अशक्त अपाङ्गता भएका तथा बैंक सम्म पुगेर भत्ता बझ्न नसक्ने जेष्ठ नागरीकहरुलाई सामाजिक सुरक्षा भत्ता घरघरमै पुगेर वितरण गरिहेको वडा नम्बर ८ का वडाअध्यक्ष तपेन्द्र सिह बिष्टले जानकारी दिनुभयो । धेरै जसो सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिकहरु बैंकसम्म पुग्ने नसक्ने भएकाले उनीहरुलाई घरमै पुगेर भत्ता उपलब्ध गराइरहेको उहाँले बताउनुभयो ।

नगरपालिकाले मेलौलीमा रहेको कुमारी बैंकको सहयोगमा घरघरमै पुगेर भत्ता उपलब्ध गराइरहेको छ । बालपोषण बाहेकका अन्य सामाजिक सुरक्षा घरमै पुगेर सम्बन्धीत व्यक्तिहरुलाई हस्तान्तरण गरिएको वडा नम्बर ४ का वडाअध्यक्ष हर्क बहादुर चन्दले बताउनुभयो । बालपोषण भत्ता संरक्षक नै बैङ्कमा नै पुगेर सामाजिक सुरक्षा भत्ता बुझेका तथा अन्यलाई बैंकका कर्मचारी जनप्रतिनिधीको रहोबरमा घरघरमै पुगेर वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

वडा नम्बर ७ केही व्यक्तिहरुले बैंकबाट नै बुझेर लगेका र बाँकी रहेकाहरुलाई घरघरमै पुगेर भत्ता वितरण गरिएको वडाअध्यक्ष रामचन्द्र भट्टले बताउनुभयो । नगरपालिकाका सबै वडाहरुमा टोलटोलमm पुगेर सामाजिक सुरक्षा भत्ता वितरण भैरहेको पञ्जिकरण तथा सामाजिक सुरक्षा शाखाका फिल्ड सहायक अनिता नेगीले बताउनुभयो ।

मेलौली नगरपालिकामा ४ हजार ७५८ जनाले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको उहाँले जानकारी दिनुभयो ।

घरमै पुगेर जनप्रतिनिधी र बैंकका कर्मचारीले भत्ता उपलब्ध गराएपछि सेवाग्राहीहरु पनि खुसी भएका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?