गायक राजेन्द्र लम्सालको निधन

Read Time = 1 min

काठमाडौं । लोकदोहोरी गायक राजेन्द्र लम्साल क्षेत्रीको निधन भएको छ । लोकदोहोरीका सर्जकसमेत रहनुभएका लम्सालको सोमबार राति निधन भएको हो ।

लामो समयदेखि स्पेनमा बस्दै आउनुभएका राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापकसमेत रहनुभएका लम्साल ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’ युरोप शाखाका संस्थापक संरक्षक पनि हुनुहुन्थ्यो ।

लम्सालका ‘ज्याग्दी खोला किनारै बसेर’, ‘जापान टोकियो’ जस्ता गीत लोकप्रिय छन् । लम्साल मोडल तथा कलाकार सागर लम्साल (बले) का बुवा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?