काठमाडौं । चलचित्र निर्माता सुमन राई चलचित्र निर्माणसँगै समाज सेवामा पनि त्यतिकै सक्रिय हुनुहुन्छ । विगत केही वर्षदेखि परोपकारी संस्था ‘अनुग्रह ट्रष्ट’मार्फत समाज सेवामा लाग्नुभएका राई २०२५ मा सगरमाथा आरोहण गर्ने तयारीमा हुनुहुन्छ । यसै महिनाबाट आरोहण तयारीमा जुटनुभएका उहाँले हालै सगरमाथा बेस क्यामपसम्मको यात्रा तय गर्नुभएको थियो ।
आरोहणको मुख्य उद्देश्य ट्रष्टमार्फत नेपालको विभिन्न परोपकारी काममा सहयोग गर्ने साथै ‘सेफ प्लान्ट’ मूल नाराका साथ जलवायु परिवर्तनका लागि विश्वव्यापी सचेत गराउनु रहेको उहाँ बताउनुहुन्छ ।