सिचुवान एयरलाइन्सको हवाईसेवा पुनः सुचारु

Read Time = 2 mins

काठमाडौं । चिनियाँ एयरलाइन्स कम्पनी सिचुवान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो निर्धारित उडानहरू पुनः सुचारु गर्ने भएको छ । सिचुवान एयरलाइन्सले चैत ६ देखि चेङ्दुुबाट साताको चार उडान गर्नेछ ।

सिचुवानको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार, बुधबार, शुक्रबार र आइतबार स्थानीय समयअनुसार १५ः३५ बजे उडान भर्नेछ भने चेङ्दु अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार रातीको २१ बजे अवतरण गर्नेछ । नेपाली बजारमा अष्ट्रेलिया र जापान भ्रमणका लागि हालको उच्च मागलाई ध्यानमा राख्दै सिचुवानले काठमाडौंदेखि मेलबर्नसम्म एकतर्फी भाडा ७९ हजार नौ सय ९९ र काठमाडौंदेखि नारितासम्म एकतर्फी भाडा ६५ हजार नौ सय ९९ रुपैयाँ कायम गरिएको एयरलाइन्सले जनाएको छ ।

त्यस्तै, उडानमा ४६ केजी चेक इन लगेज र सात केजी हृयाण्ड क्यारी लान मिल्नेछ । सेवा सुरुवातसँगै मेलबर्नसम्म यात्रा गर्ने यात्रुले अब चेङ्दुमा चार घण्टा ३० मिनेट मात्रको छोटो समय ट्रान्जिट रहेकाले लामो समय ट्रान्जिटमा बस्नुनपर्ने भएको छ । नेपालमा सिचुवान एयरलाइन्सको प्रतिनिधित्व सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजले जनरल सेल्स एजेन्टका रूपमा काम गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?