बेको एसीमा एक्सचेन्ज अफर

Read Time = 2 mins

काठमाडौं । युरोपको ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले सम्पूर्ण एसीका ग्राहकलाई लक्षित गरी निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ । योजनाअन्तर्गत ग्राहक वर्गले कुनै पनि ब्राण्डका एसीमा निःशुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा पुरानो एसीको उचित मूल्यांकनका साथ बेकोको उच्च गुणस्तरीय एसीसँग साट्न सक्नेछन् ।

नयाँ बेको एसीमा १० वर्षको कम्प्रेसर वारेण्टी रहेको छ । कम्पनीले एसी रिपेयरिङमा स्पेयर पार्ट्समा ५० प्रतिशतसम्म छुटका साथै नयाँ बेको एसी खरिदमा २० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने जनाएको छ ।

नेपालभर बेको ब्राण्डको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्स रहेको छ । सिजी इलेक्ट्रोनिक्सका सिजी डिजिटल शोरुम काठमाडौंभित्र टंगाल, कुमारीपाटी, भक्तपुरको राधे राधे, कीर्तिपुर, रविभवन, हात्तीगौंडा, त्रिपुरेश्वर, नयाँ बजार, वसुन्धारा, जोरपाटी र काठमाडौंबाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?