प्रत्येक वर्ष मार्च-८ मा मनाइने अन्तर्राष्ट्रिय नारी दिवस उत्सवमात्र होइन उत्पीडित महिलाको लैंगिक हिंसाविरुद्धको आवाज पनि हो । महिला हिंसा अन्त्य गरी भयरहित वातावरणमा महिलाले जीवन जिउन सक्ने अवस्थाको सिर्जना गर्न सक्नुमा नै यस दिवसको औचित्य सिद्ध हुन्छ । राजनीतिक तवरबाट सुरु भएको भए तापनि हाल महिला अधिकार, महिला सशक्तीकरण र समानता आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषय हुने गरेका छन् ।
समाज रूपान्तरणको पृष्ठभूमिमा कसै न कसैको कठोर र बलिदानीपूर्ण संघर्ष रहेको हुन्छ नै । नारी दिवसलाई साकार पार्न विभिन्न समयमा हजारौं महिलाले आफ्नो जीवनको आहुति दिएका छन् । यस अवसरमा हामीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकी संस्थापक ‘क्लारा जेट्किन’को नाम विशेष रूपमा स्मरण गर्नै पर्छ । क्लारा जेट्किन जसले आधा शताब्दीसम्म महिलाहरूलाई निरन्तर गोलबद्ध गर्दै महिला बालिग मताधिकारको आवाज बुलन्द गर्नुभयो । उहाँले गरेका संघर्षबाट प्रेरणा लिँदै महिलामैत्री समाज निर्माणको महाअभियानमा होमिन सकेमा त्यो नै उहाँप्रति हामीले सच्चा सम्मान गरेको ठहदर्छ ।
विश्व परिवेश
१९औं शताब्दीको मध्यसम्म बेलायतमा त्यहाँका महिलाहरू बालिग मताधिकारबाट समेत वञ्चित थिए । त्यहाँका महिलाहरू शैक्षिक, सामाजिक, आर्थिक र राजनीतिक आन्दोलनमा अग्रपंक्तिमा थिए । त्यसैले सन् १८५७ मा बेलायतमा विवाह र सम्बन्ध–विच्छेद विधेयक पारित भयो । सन् १९८९ मा फ्रान्सको क्रान्तिले स्वतन्त्रता, समानता र भातृत्वको विगुल फुक्नुअगाडि फ्रान्सका महिलाहरूले अधिकारको आन्दोलनको सूत्रपात गरिसकेका थिए । महिलाका अधिकार समानताका कुरा लाई लिएर विश्वका धेरै ठाउँमा संघर्ष चर्किँदै थियो ।
नारी दिवस मनाउने सन्दर्भमा नै समाजमा आज पनि भइरहेका असमानता, अत्याचार र हाम्रा चुनौतीहरूसँग अब कसरी अगाडि जाने ? यो अन्याय, अत्याचारविरुद्ध लड्दै सकारात्मक परिवर्तन कसरी गर्न सकिन्छ र समाजलाई विभेदरहित र लैंगिक समानताको अनुभूति गराउन सकिन्छ भन्ने रणनीतिको पनि आवश्यकता पर्दछ ।
सन् १९०८ मार्च ८ का दिन अमेरिकाको न्यूयोर्क शहरमा सूचिकार महिलाहरूले मजदुर संगठनको मागहरूका साथ बालिग मताधिकारको माग पनि राख्दै एक बृहत् प्रदर्शन गरेका थिए । न्यूयोर्क शहरका महिलाहरूले उठान गरेको वीरतापूर्ण आन्दोलनलाई ध्यानमा राखी यस परम्परालाई कायम राख्न ८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भन्ने चलन चल्दै आएको हो । यही अनुरूप ८ मार्च १९११ का दिनदेखि विश्वका धेरै ठाउँमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने परम्परा बस्यो । तर अन्तर्राष्ट्रिय नारी दिवस (International Women Day) को आधिकारिक सुरुवात चाहिँ युएनद्वारा सन् १९७७ बाट भएको हो ।
लैगिंक समानता र समतामूलक समाज बनाउने दृष्टिकोणले संयुक्त राष्ट्र संघले चारवटा सम्मेलन गरेको छ । सन् १९७५ मा कोपेनहेगेनमा १९८० मा मेकसिको शहरमा १९८५ मा नैरोवीमा र पछिल्लो चौथो विश्व सम्मेलन १९९५ मा बेइजिङमा भयो । जसमा विभिन्न देशबाट गरी ४५ हजारभन्दा बढी महिलाहरू सहभागी भए ।
उक्त सम्मेलनले अघिल्ला तीनवटा महिला विश्व सम्मेलनलगायत अन्य संयुक्त राष्ट्र संघीय घोषणापत्र र महासन्धिहरूलाई पनि पुनरावलोकन गर्यो । बैठकबाट पारित प्रस्तावहरू, प्रतिबद्धता, घोषणालाई अझ अघि बढाउने, विश्व महिला समानता, विकास र शान्ति प्राप्त गर्ने प्रतिबद्धता ३८ बुँदे बेइजिङ घोषणापत्र जारी गर्यो । सो सम्मेलनको मूल नारा ‘विश्वलाई महिलाको आँखाले हेर’ भन्ने थियो । उक्त सम्मेलनले १२ वटा महत्वपूर्ण विषयको एक्सनको योजना बनाएको छ ।
नारी दिवस र नेपालको अवस्था
नेपालमा विसं २०१६ देखि नियमित सुरु भएको हो । हामीले आजसम्म ६३ वटा नारी दिवस मनायौं । नारी दिवस मनाउन थालेको पनि लामो समय भयो । यत्रो वर्षको अवधिमा नारीले पाउनुपर्ने अधिकार पूर्णरूप पाइसकेका छैनन् । उसो त नारीले अधिकार नै पाएनन् भन्नु पनि त्यति उचित हुँदैन । तथापि महिलालाई सरकार र कानुनले जे जति अधिकार प्रदान गरेको छ त्यसलाई प्रभावकारी रूपमा भोग्न नपाएको साँचो हो ।
नारी दिवस मनाउने सन्दर्भमा नै समाजमा आज पनि भइरहेका असमानता, अत्याचार र हाम्रा चुनौतीहरूसँग अब कसरी अगाडि जाने ? यो अन्याय, अत्याचारविरुद्ध लड्दै सकारात्मक परिवर्तन कसरी गर्न सकिन्छ र समाजलाई विभेदरहित र लैंगिक समानताको अनुभूति गराउन सकिन्छ भन्ने रणनीतिको पनि आवश्यकता पर्दछ ।
हाम्रो प्रयासले एकताबद्ध आन्दोलन र संघर्षले केही फरक ल्याउँछ भन्ने विगतको पटक-पटकको संघर्षले प्रमाणित गरेको छ । महिलाहरूले आफ्नो मानव अधिकारप्रति सजग हुन र संघर्षले प्रमाणित गरेको छ । महिलाहरूले आफ्नो मानव अधिकारप्रति सजग हुनु र संघर्ष गर्नु पुरुषविरुद्ध लडाइँ होइन । धर्तीमा जन्मेका हरेक मानव र मानवका आत्मा सबै एक हो । सबैलाई सम्मान गरौं । समान आँखाले हेरांै भन्ने समाज कल्याको कारण हो ।
विविधताले युक्त हाम्रो समाजमा समाना चासोका विषयलाई सबैले सम्बोधन गर्न जरुरी छ । जुनसुकै जाति धर्म लिंग हुन महिलाप्रति हेर्ने दृष्टिकोण र व्यवहारमा धेरै परिवर्तन आइसकेको छैन । महिला सशक्तीकरणका लागि अझै समाजका संकीर्ण चिन्तन तगारो बनिरहेका छन् । अझ धेरै कारण सामाजिक मान्यताहरू, मानव अधिकारका कुराहरूमा परिवर्तन ल्याउनु जरुरी छ । किनभने समाजलाई समुन्नत र सम्मानयोग्य बनाउन परम्परावादी सोचमा परिवर्तन जरुरी छ ।
राजनीतिक, आर्थिक, निर्णायक ठाउँहरूमा प्रतिनिधित्व र समान अवसर भने पाउने अझ चुनौतीपूर्ण स्थिति छ । आजको युगमा पनि बोक्सीको आरोप, अमानवीय र असमान सोच दाइजो, घरेलु हिंसा, बलात्कार, महिला बेचबिखन, जबरजस्ती वेश्यावृत्तिलाई सम्बोधन गर्न सकेको छैन ।
आज पनि महिलाहरूको पारिश्रमिक पुरुषको भन्दा कम छ । विश्वभरि नै महिलहरूप्रति हत्या, हिंसा र बलात्कार घटना दिनहुँ बढ्दो छन् । नेपाल पनि त्यसबाट अछुतो छैन । आज पनि काम गर्ने ठाउँमा महिला हिंसा, बलात्कारका घटना त्यतिकै छन् । महिला हिंसा, हत्या बलात्कारका घटना बढ्दै गएका छन् । तर, पीडकको पहिचान गरी कानुनी कठघरामा ल्याउने संयन्त्र सशक्त हुन सकिरहेको छैन ।
त्यतिमात्र होइन हाम्रो मनोसामाजिक अवस्था पनि पीडकलाई संरक्षण गर्नतर्फ उद्यत् भएकाले त्यसले महिलाहरूको जीवनमा नकारात्मक असर परिरहेको छ । यस्तो जटिल अवस्थामा अझ सशक्त भएर एकीकृत संर्घष गर्ने र पीडितलाई अदालतको ढोकासम्म पुर्याएर न्याय दिलाउनुपर्ने आजको आवश्यकता छ । अन्यथा नारीप्रति हुने शोषण र अन्यायले थप फष्टिने मौका पाउँछ । आजको दिन सम्पूर्ण महिलाहरू एकजुट भएर विगतका संघर्ष र उपलब्धिको मूल्यांकन गर्दै आगामी दिनमा गर्नुपर्ने संघर्षका रणनीति बनाई त्यसतर्फ कम्मर कस्नुको विकल्प छैन ।
हरेक वर्ष देशमा भएको कानुन र चौथो विश्व सम्मेलनले तय गरेका १२ वटा विषयबारे के-कस्ता परिवर्तन भइरहेछन् त्यसको बारेमा सरकारले प्रतिदिन पठाउनुपर्छ र गैरसरकारी संस्थाको तर्फबाट पनि छायाँ प्रतिवेदन पठाउने गरिन्छ । सरकारी प्रगति प्रतिवेदन बाध्यकारी व्यवस्था हो ।
यति हुँदाहुँदै पनि ठूलो आन्दोलन, महिलाहरूको बलिदानी पूर्ण संघर्ष, जेल-नेल, कुटाइ हत्या, जीवन आहुतिबाट प्राप्त उपलब्धि भने राम्ररी प्रयोगमा ल्याउन सकिएको छैन । हाम्रो देशको जनसंख्याको कुरा गर्दा थोरैले भए पनि महिलाको जनसंख्या बढी छ । तर, राजनीतिक, आर्थिक, निर्णायक ठाउँहरूमा प्रतिनिधित्व र समान अवसर भने पाउने अझ चुनौतीपूर्ण स्थिति छ । आजको युगमा पनि बोक्सीको आरोप, अमानवीय र असमान सोच दाइजो, घरेलु हिंसा, बलात्कार, महिला बेचबिखन, जबरजस्ती वेश्यावृत्तिलाई सम्बोधन गर्न सकेको छैन ।
नेपालले विभिन्न अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर एवं प्रतिबद्धता जनाएको छ । नेपालले १५ वर्षभन्दा बढी भयो भेदभावजन्य कुनै पनि पक्षलाई हटाउने प्रतिबद्धता गरिसकेको छ । सबैभन्दा महत्वपूर्ण महासन्धि भेदभाव उन्मूलन गर्ने महिला महासन्धि हो । महिला भएकै कारण कुनै पनि शैक्षिक, सामाजिक, क्रियाकलाप, आर्थिक स्वास्थ्यका क्षेत्रमा भेदभाव गर्न न पाइने भन्नेमा प्रतिबद्धता भएको छ ।
अब हामीले हाम्रो आन्दोलन, संघर्ष, ऐक्यबद्ध गरेका यी महासन्धिहरू र हाम्रा पक्षमा गरिएका काम लागू गर्ने, वास्तविक अर्थमा समानता, सहभागिता तिर अगाडि बढाउने पाइलाहरू तय गर्दै जाने नै यो उत्सव मनाउनुको अर्थ हुनेछ । कानुनले दिएको हकका बारेमा महिलालाई सुसूचित गराउनु हामी सबैको दायित्व हो । प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अन्यायका विरुद्ध आफ्ना आवाजलाई बुलन्द गरौं ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका