नारी दिवसको अवसर पारेर चलचित्र ‘जुलेबी’कोे फर्स्ट लुक सार्वजनिक

Read Time = 1 min

काठमाडौं । नारी दिवसको अवसर पारेर चलचित्र ‘जुलेबी’कोे फर्स्ट लुक सार्वजनिक गरिएको छ । चलचित्रमा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भूमिका रहेका छन् भने सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायतका कलाकारको अभिनय छ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो चलचित्रमा चार नारी पात्रको कथा समेटिएको छ । चलचित्रलाई निर्देशक गणेश देव पाण्डेले निर्देशन गर्नुभएको छ । उहाँले यस अघि मन्चरी, गाजा बाँजा जस्ता सफल चलचित्र निर्देशन गरिसक्नु भएको छ ।

एथोलजी विधामा रहेको यस चलचित्रमा नारी पात्रको सशक्त र अब्बल अभिनय रहेको छ । चलचित्रलाई आभा शर्मा नेपालले निर्माण गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?