चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

Read Time = 2 mins

काठमाडौं । बोरुसिया डर्टमुण्डलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लिगमा जर्मन क्लब डर्टमण्डलाई २-० ले हराउँदै समग्रमा २-१ को जितसहित चेल्सीले अन्तिम आठमा स्थान बनाएको हो ।

पहिलो लिगमा १-० ले पराजित भएको चेल्सीले दोस्रो लिगमा घरेलु मैदानमा पुनरागमन गर्दै जित निकालेको हो । घरेलु मैदान स्टामफोर्डब्रिजमा भएको खेलमा चेल्सीलाई जित दिलाउन रहिम स्टर्लिङ र काई हभार्टजले गोल गर्नुभयो । खेलको ४३औँ मिनेटमा स्टर्लिङले गोल गर्नुअघि चेल्सीले धेरै अवसरलाई खेर फालेको थियो । डिबक्समा प्राप्त बललाई स्टर्लिङले पोस्टको दिशा दिनुभएको थियो ।

ADVERTISEMENT

दोस्रो हाफमा हभार्टजले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई पुनरागमन जित दिलाउनुभयो । डिबक्सभित्र हृयाण्डबलमा चेल्सीले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । घरेलु मैदानमा पुनरागमन जित निकाल्ने क्रममा चेल्सीले डर्टमुण्डको सबै प्रतियोगितामा अपराजित यात्रालाई टुंगोसमेत लगायो । डर्टमुण्डले घरेलु मैदानमा भएको पहिलो लिगमा १-० को अग्रता लिएको थियो । पछिल्लो जितले चेल्सी प्रशिक्षक ग्राहम पोटरलाई ठूलो राहत दिएको छ । चेल्सीको लगातारको खराब नतिजाका कारण उहाँमाथि दबाब थपिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?