रासस/सिन्हृवा । श्रीलंकाको निर्वाचन आयोगले अप्रिल २५ लाई स्थानीय परिषद्को निर्वाचन गराउन उपयुक्त मिति भएको घोषणा गरेको छ । अप्रत्याशित र अपरिहार्य कारणले तोकिएनुसार मार्च ९ गते स्थानीय निर्वाचन हुन नसक्ने पनि आयोगले क्षेत्रीय निर्वाचन अधिकृतलाई जानकारी गराएका छन् ।
क्षेत्रीय निर्वाचन अधिकारीलाई अप्रिल २५ लाई निर्वाचनको दिनको रूपमा सरकारी घोषणा भएको जानकारी दिएको छ । प्रादेशिक निर्वाचन अधिकारीहरूले यस वर्षको सुरुमा सरकारले स्थानीय चुनाव मार्च ९ गते हुने घोषणा गरेका थिए । तर, सरकारले अपुग रकमका कारण देखाउँदै निर्वाचनमा ढिलाइ गरेको थियो ।
श्रीलंकाले स्थानीय सरकार निकायहरूका लागि प्रत्येक चार वर्षमा एकपटक चुनाव गर्दछ र स्थगित स्थानीय चुनावहरू २०२२ मा हुने तालिका थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका