‘कलाकारको बीचमा कलाकार’ सम्वादमा वरिष्ठ सर्जक नरेन्द्रबहादुर श्रेष्ठ

Read Time = 1 min

काठमाडौं । अरूपण आर्ट ग्यालरी नेपालले वरिष्ठ सर्जक नरेन्द्रबहादुर श्रेष्ठसित सम्वाद कार्यक्रमको आयोजना गरेको छ । नोवेल एकेडेमीका विद्यार्थीहरूबीच गरिएको सो कार्यक्रममा सर्जक श्रेष्ठलाई विद्यार्थीहरूले विभिन्न जिज्ञासा राखेका थिए ।

ग्यालरीकी कार्यकारी निर्देशक रीता खनालको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि साहित्यिक पत्रकार संघका अध्यक्ष वरिष्ठ साहित्यकार राधेश्याम लेकाली र विशेष अतिथिमा वरिष्ठ कवि प्रधुम्न श्रेष्ठ, सिक्किम रहनु भएको थियो । सो अवसरमा प्रमुख अतिथि लेकालीले सर्जक श्रेष्ठ बहुमुखी प्रतिभा भएको भन्दै उहाँको योगदानको चर्चा गर्नुभयो ।

ग्यालरीका अध्यक्ष वरिष्ठ कलाकार प्राज्ञ रमेश खनालले कार्यक्रमको उद्देश्य र महत्वमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमका सर्जक श्रेष्ठसित विपिनराज श्रेष्ठले सम्वाद गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?