मेरो भ्वाइस युनिभर्सको काठमाडौं अडिसन चैतमा

Read Time = 2 mins

काठमाडौ । ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को काठमाडौं अडिसन चैत ४ र ५ गते हुने भएको छ । आयोजकका अनुसार प्राविधिक कारणले गर्दा अडिसन एक हप्ता पछि सरेको हो । अडिसन दिन आउँदा प्रतियोगीले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनुपर्ने हुन्छ । फिल्ड अडिसनबाट चुनिएका प्रतियोगी काठमाडौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुनेछन् भने विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिष्टर गर्न सक्नेछन् । डिजिटल अडिसनमा सहभागी प्रतियोगीले पनि अनिवार्यरूपमा फिल्ड अडिसनमा सहभागिता जनाउनुपर्नेछ । त्यसबाहेक ‘मेरो डान्स युनिभर्स’को सांस्कृतिक समूह विधामा सहभागी हुन चाहनेले पनि एपमार्फत् अडिसन दिएर फिल्ड अडिसनमा उपस्थित हुनैपर्छ ।

अडिसन दिने सहभागी कम्तीमा १८ वर्षको हुनपर्नेछ । दुई शोहरू नेपालकै सर्वाधिक धेरै धनराशि भएको रियालिटी शोहरू हुन् । मेरो भ्वाइस युनिभर्स विजेताले नेपाली एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् भने फस्ट रनर अपले ३० लाख र सेकेण्ड रनर अपले २० लाख पुरस्कार पाउनेछन् । मेरो डान्स युनिभर्स विजेताले पनि एक करोड पुरस्कार पाउनेछन् भने फस्ट रनर अपले ३० लाख र सेकेण्ड रनर अपले २० लाख पुरस्कार पाउनेछन् ।

डान्स युनिभर्सको सांस्कृतिक समूह विधाका विजेताले २० लाख, फस्ट रनर अपले १० लाख र सेकेण्ड रनर अपले पाँच लाख पाउनेछन् । फाउण्डेशनले नेपालबाहेक म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडालगायत युरोपेली मुलुकबाट पनि नेपाली भाषीको सहभागिताको अपेक्षा गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?