कोका-कोलाको सक्षम २.०

Read Time = 4 mins

काठमाडौं । महिला सशक्तीकरण र लैंगिक समानताले समाजको विकासलाई राम्रो गति दिन सक्छ । सोही तथ्यलाई मध्यनजर गर्दै कोका-कोलाले महिला सशक्तीकरण र लैंगिक समानतासम्बन्धी धेरै कार्यक्रम गर्दै आएको छ । गत वर्षको सक्षम कार्यक्रमको सफलतापछि कम्पनीले यस वर्ष पनि सक्षम २.० सञ्चालन गर्दैछ । किराना पसल तथा खाजा घर सञ्चालन गर्दै आएका हजार महिला व्यवसायीलाई एकदिने तालिममार्फत् व्यवसाय सञ्चालन एवं अन्य आवश्यक सीप सिकाइ सुदृढ तथा सशक्त गर्ने उद्देश्यले सक्षम २.० को सुरुवात गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले काठमाडौं उपत्यकाभित्र र बाहिरका लघु तथा साना उद्यमी महिलाको व्यावसायिक ज्ञान र सीप अभिवृद्धि गरी व्यवसायलाई अझै राम्रोसँग विस्तार र सञ्चालन गर्ने, उनीहरूको क्षमता विकास गर्ने लक्ष्यका साथ गत वर्षको मार्चमा सक्षम कार्यक्रम सुरु गरेको थियो । उक्त कार्यक्रममार्फत् हजारभन्दा बढी महिला व्यवसायीले आफ्ना सहकर्मीबाट सिक्ने तथा व्यवसायसम्बन्धी चुनौती र अवसर पहिचान गरी व्यवसाय अझ प्रभावकारीरूपमा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने साझा प्लेटफर्म प्राप्त गरेका थिए । प्रगतिशील समाज निर्माणका लागि महिलाहरू नवीन किसिमका व्यवसाय सञ्चालन गर्न सक्षम छन् र उनीहरूले सञ्चालन पनि गर्दै आएका छन् भन्ने चेतनामूलक सन्देश दिनका लागि सक्षम २.० ल्याइएको कम्पनीले जनाएको छ । अभियानले यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसको नारा ‘डिजिटल इनोभेसन एण्ड टेक्नोलोजी फर जेण्डर इक्वालिटी’ लाई समर्थन गर्ने बताइएको छ । महिला व्यवसायीको वित्तीय साक्षरता, आतिथ्यता, सरसफाइ व्यवस्थापन र डिजिटल वालेट प्रयोगसम्बन्धी क्षमता निर्माण गर्न सक्षम २.० को डिजाइन गरिएको कम्पनीले जनाएको छ । बोटलर्स नेपालका प्रबन्ध निर्देशक दीपकनाथ सेन्थिलले भन्नुभयो, ‘सक्षममार्फत् किराना पसल र साना खाजा घर सञ्चालन गर्दै आएको, एक हजार महिला व्यवसायीको सीप विकास र क्षमता अभिवृद्धिमार्फत् उनीहरूलाई सशक्तीकरण र सुदृढीकरण गर्ने हाम्रो मुख्य उद्देश्य रहेको छ ।’

कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भन्नुभयो, ‘कोका-कोला विश्वास गर्छ कि समाजको समग्र विकासका लागि महिला सशक्तीकरण र लैंगिक समानता अत्यन्तै महत्वपूर्ण छ । फाइभ बाई ट्वान्टी, स्टार र गत वर्षको सक्षमले सहभागीको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सफल भएको थियो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?