जुम्ला । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति जुम्लाले विहीवार प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरी मार्फत जिल्लाको विकास निर्माण र सुशासनको माग राख्दै वडाहुदै प्रदेश सरकार र संघीय सरकारलाई मागपत्र पठाएको छ ।
जुम्ला जिल्ला खस भाषा, सभ्यता र संस्कृतिको उद्गमस्थल, विशाख खस साम्राज्यको राजधानीलाई संरक्षण र पर्यटन प्रद्र्धधन गरी यहाँका स्थानीयवासीको आर्थिक स्रोतलाई मजवुद गर्नेका लागि सरकारसंग माग पत्र राखिएको नेकपा माओवादी केन्द्र जुम्लाका संयोजक वीरबहादुर कुबरले बताउनुभयो ।
राज्यको राजनीतिक, आर्थिक र सामाजिक दृस्टिले पछाडि परेको जुम्लालाई विकासको मुल प्रवाहमा ल्याउनका लागि तीनवटै सरकारलाई यहाँका विकास निर्माण र सुशासन कायम गर्नेका लागि माग पत्र पेस गरिएको नेकपा माओवादी केन्द्र जुम्लाका इन्जार्च तथा कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो ।
प्रचुर सम्भावनायुक्त जुम्ला जिल्लाका विकास निर्माण र सुशासनसँग सम्बन्धित मागहरु सम्वोधनका लागि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र संघीय सरकारका प्रधानमन्त्री लाई प्रजिअ मार्फत पठाएका विकास योजनाका मागपत्रहरु यस्ताछन् :
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका