कतारी अमिरद्वारा नयाँ प्रधानमन्त्री नियुक्त

Read Time = 2 mins

दोहा । कतारका अमिरले देशका एकजना शीर्ष कूटनीतिज्ञलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । साथै उहाँले अर्का एकजनालाई गृहमन्त्री बनाउनुभएको छ । अमिरको कार्यालयका अनुसार शेख तमिम बिन हमाद अल थानीले प्रधानमन्त्री तथा शेख खालिद बिन खलिफा बिन अब्दुलाजिज अल थानीले गृहमन्त्रीबाट दिएको राजीनामा अमिरले स्वीकृत गर्नुभएको छ ।

विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । उहाँले नियुक्तपछिको केही घण्टामै पद तथा गोपनीयताको शपथ लिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । गत वर्ष यहाँ आयोजित विश्वकप फुटबल प्रतियोगिताका निम्ति गठित सरकारी सुरक्षा समितिको नेतृत्व गरेका शेख खलिफा बिन हमाद बिन खलिफा अल थानी गृहमन्त्रीमा नियुक्त हुनुभएको छ । उजले लेखविया आन्तरिक सुरक्षा बलमा पनि सेवा गर्नुभएको थियो ।

बयालीस वर्षीय नवनियुक्त प्रधानमन्त्री अब्दुलरहमान अल थानी अर्थशास्त्री हुनुहुन्छ । कतारी अमिरको उमेर पनि उहाँकै हाराहारीमा छ । गृहमन्त्री पनि उहाँहरूकै समकालीन हुनुहुन्छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?