अनेसासको मेरिल्याण्ड च्याप्टर अध्यक्षमा नायिका पूजा चन्द चयन

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अमेरिकाको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा नायिका पूजा चन्द चयन हुनुभएको छ । यस्तै समितिको उपाध्यक्षमा मधुकर अधिकारी, महासचिवमा सहदेव कोइराला, कोषाध्यक्षमा सन्दीप कोइरालालाई चयन हुुनुभएको छ । यसैगरी सदस्यहरूमा मोज शाही, भावना विष्ट र भीमविक्रम शाहीसहितको कार्यसमिति गठन भएको छ ।

समितिको पहिलो बैठकले डा.श्याम कार्की, डा.हयारी भण्डारी, गौतम दाहाल, डा.उत्तम गौली, अर्जुन हमाल र पारस श्रेष्ठलाई सल्लाहकार समितिमा चयन गरेको छ । निवर्तमान अध्यक्ष भरत वराइलीको अध्यक्षतामा भएको सम्मेलनमा वोर्ड अफ ट्रष्टीका उपाध्यक्ष तथा साहित्यकार तीर्थ पाण्डेयलगायतले सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

अध्यक्ष चन्दले प्रवासी भूमिमा नेपाली भाषीको कला, संस्कृतिको जगेर्ना गर्दै भावी पिँढीका लागि नेपाली भाषाको अध्ययन, अध्यापनमा सहयोग पुग्ने कार्यक्रम आयोजना गर्ने योजना रहेको सुनाउनुभयो । कार्यक्रममा सहभागी गौतम दाहाल, अर्जुन हमाललगायतले नेपाली भाषाको जगेर्ना र संस्कृतिको रूपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव नेपाल ल्याइयो… एमाले–नेकपाबीच प्रदेश सरकारको भागबण्डाको आधार तय, मुख्यमन्त्री नलिनेले पहिले मन्त्रालय रोज्ने कांग्रेसको विवाद सैद्धान्तिकभन्दा नेताको व्यक्तिगत चरित्रमा केन्द्रित भयो : भावुक न्यौपाने एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्दै सरकार ‘सर्वोच्चमा दायर मुद्दा फिर्ता लिएर संवादबाट कांग्रेसको समस्या समाधान गरौँ’ : ध्रुव… खनिज सम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः उपनेता अर्याल घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए विद्युतीय एम्बुलेन्स र शववाहनमा कर छुट दिने मन्त्रिपरिषद्को निर्णय मन्त्रिपरिषद् बैठक : सुनसरी र सिरहाका प्रदर्शनमा मृत्यु भएका चार जना सहिद… शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न आदेश