कलाकार संघको अध्यक्षमा निरौलाले उम्मेदवारी दिने

Read Time = 2 mins

काठमाडौं । विशिष्ट कलाकार मोहन निरौलाले नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी दिने घोष्णा गर्नुभएको छ । अगामी ४ चैतमा हुने संघको १९औं महाधिवेशन उहाँले अध्यक्ष पदका लागि उम्मेदवारी दिने बताउनुभएको हो ।

अग्रज, समाकालीन र अनुज कलाकार साथीहरू सबैको आग्रहमा आफ्नो अध्यक्ष पदका लागि उम्मेवारी रहेको मोहन निरौला बताउनुहुन्छ । निरौला संघका वर्तमान उपाध्यक्ष तथा प्रवक्ता हुनुहुन्छ । सम्पूर्ण कलाकारको हकहितका साथै सम्मानका लागि ‘भिजन र मिसन’ लिएर आएको उहाँ बताउनुहुन्छ ।

‘औपचारिक रूपमा केही दिनमा आफ्ना एजेण्डासहित उम्मेदवारी घोषणा गर्ने छु’, उहाँले भन्नुभयो । अग्रज, समाकालीन र अनुज कलाकार साथीहरू सबैको आग्रहमा आफ्नो अध्यक्ष पदका लागि उम्मेवारी रहेको उहाँले बताउनुभयो ।

निरौला संघका वर्तमान उपाध्यक्ष तथा प्रवक्ता हुनुहुन्छ । आफूले लामो समयदेखि संघमा रहेर काम गरेकाले यसपटक अध्यक्षमा उठ्न लागेको उहाँले बताउनुभयो । सम्पूर्ण कलाकारको हकहितका साथै सम्मानका लागि ‘भिजन र मिसन’ लिएर आएको उहाँको भनाइ छ ।

‘आर्दश नारी’, ‘बेहुली’, ‘तिरहरी’, ‘स्वर्ग’, ‘नाता’, ‘आर्शिवाद’, ‘जन्म मत्यु’, ‘अजम्बरी नाता’, ‘रावण’, ‘अलविदा’लगायत सयभन्दा बढी चलचित्रमा अभिनय गर्नुभएका निरौला ‘सम्पति’, ‘पुकार’, ‘जन्मभूमि’ जस्ता चलचित्रका निर्देशकसमेत हुनुहुन्छ । नेपाली कला, साहित्य, संस्कृति र चलचित्र क्षेत्रमा भएको अतिक्रमणविरुद्ध लड्न उहाँले ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान’समेत चलाउँदै आउनुभएको छ । अभिनेत्री रेजिना उप्रेतीले पनि अध्यक्षमा उम्मेदवारी दिने बताउनुभएको छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ninam Lowatti
Ninam Lowatti
2023-03-10 7:08 am

जित्नुहोला सर, किनभने, हजुर सिने क्षेत्रका विविध ज्ञान भएको जस्तै ‘सिने पत्रकारिता, पटकथा एवम् सम्वाद लेखन, निर्देशन,…’ आदिमा दखल भएको व्यक्ति हुनुहुन्छ । सो द्याट अग्रिम शुभकामना, निरौला सरलाई…

रिलेटेड न्युज

छुटाउनुभयो कि ?