बुढीगण्डकीमा दुई विद्युत् आयोजना बन्ने

Read Time = 2 mins

काठमाडौं । बुढीगण्डकीमा दुई विद्युत् आयोजना निर्माण गरिने भएको छ । करिब ८८ अर्ब ३१ करोड लगानीमा बुढीगण्डकी ‘क’ र बुढीगण्डकी ‘ख’ गरी दुई आयोजना निर्माण हुने भएका ह्ुन् । नौलो नेपाल हाइड्रोइलेक्ट्रिक प्रालिले बिहीबार एक सूचना जारी गर्दै उल्लेखित आयोजना निर्माण गर्ने जनाएको हो । दुई आयोजना निर्माणका लागि ८८ अर्ब ३१ करोड २७ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

बुढीगण्डकी ‘क’बाट १०३ मेगावाट विद्युत् उत्पादन गरिने कम्पनीले जनाएको छ । वर्षायाममा प्रतियुनिट चार र सुक्खायाम पिकिङ अवधिको प्रतियुनिट १० रुपैयाँ ५५ पैसा, नन-पिकिङ अवधिको प्रतियुनिट आठ रुपैयाँ ४० पैसा विद्युत्को खरिदबिक्री दर तोकिएको छ ।
कम्पनीका अनुसार आयोजनाबाट कुल प्रतिघण्टा ५४१.३७ गिगावाट विद्युत् उत्पादन हुनेछ ।

जसबाट वर्षायाममा प्रतिघण्टा १७ करोड छ लाख किलोवाट र सुक्खायाममा प्रतिघण्टा ३६ करोड सात लाख किलोवाट उत्पादन गर्नेछ । आयोजना निर्माणका लागि ३१ अर्ब ३२ करोड एक लाख रुपैयाँ लागत अनुमान गरिएको छ । त्यस्तै, बुढीगण्डकी ‘ख’ बाट २२६ मेगावाट विद्युत् उत्पादन हुनेछ भने ५६ अर्ब ९९ करोड २६ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको सार्वजनिक सुनुवाइ चैत ९ गते हुने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?