यस्तो छ तपाईंको फागुन २६ गते शुक्रबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ फागुन २६ गते शुक्रबार, ई.सं १० मार्च, २०२३ । तिथि- चैत्र कृष्णपक्ष तृतीया, नक्षत्र- चित्रा, योग- वृद्धि, करण- वव, चन्द्रराशि- कन्या, सूर्योदयः ६ः२२, सूर्यास्तः १८ः०९ ।

मेष : साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।

वृष : व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन् ।

मिथुन : लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले मन खिन्न हुनेछ ।

कर्कट : पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ ।

सिंह : महत्वाकांक्षाले व्यावहारिक समस्या निम्त्याउन सक्छ ।

कन्या : घुमघाम, भ्रमण र पर्यटनको अनुकूलता मिल्नेछ ।

तुला : बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्‍याउनेछन् ।

वृश्चिक : आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ ।

धनु : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

मकर : रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, ।

कुम्भ : पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।

मीन : सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?