उपराष्ट्रपतिमा मधेश केन्द्रित तीन दलको दाबी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । उपराष्ट्रपति पदमा मधेश केन्द्रीत तीन दलले आ-आफ्नो दाबी पेस गर्ने भएका छन् ।

८ दलीय गठबन्धन बन्दै गर्दै जनता समाजवादी पार्टी जसपा लाई उपराष्ट्रपति दिने सहमति भएको समाचार बाहिरिको थियो । तर, राष्ट्रपतिको निर्वाचन लगत्तै गठबन्धनमा रहेका मधेश केन्द्रीत अन्य दुई दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि उपराष्ट्रपति दाबी गरेका छन् ।

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी जसपा नेपालले पनि दाबी गर्दै आएको छ । उसले बारा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै नागरिक उन्मुक्ति पार्टीले पनि उपराष्ट्रपति आफूले पाउनु पर्ने भन्दै उमेर नै नपुगेकी रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
यता डा. सीके राउत नेतृत्वको जनमत पार्टीले पनि ममता झालाई उपराष्ट्रपति उठाउने भएको छ ।

जनमत पार्टीले उपराष्ट्रपति आफूले पाउनु पर्ने दावी गर्दै झाको नाम अघि सारेको नेता विपी साहले जानकारी दिनुभयो ।

आजै मात्र गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपतिमा कसैसँग कुनै सहमति नभएको बताउनु भएको थियो भने सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका महासचिव देव गुरुङले उपराष्ट्रपतिमा महिलालाई अघि सार्नु उपयुक्त हुने बताउनु भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?