निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझायो राष्ट्रपति निर्वाचनको परिणाम

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको परिणाम बुझाएको छ ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही फागुन २५ गते सम्पन्न राष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन आज हस्तान्तरण गर्नुभएको हो ।

राष्ट्रपतिमा कांग्रेस सांसद रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?