कमल राईको ‘के छ त्यस्तो’

Read Time = 2 mins

काठमाडौं । कमल राईको स्वरमा रहेको गीत ‘के छ त्यस्तो’ सार्वजनिक भएको छ । राईकै शब्द, संगीत तथा एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

राईकै निर्देशन रहेको गीतको भिडियोमा करुणा श्रेष्ठको अभिनय देख्न सकिन्छ । नक्षत्र फाउण्डेसनको प्रस्तुतिमा तयार भिडियोमा सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको नक्षत्र फाउण्डेसनकै कथालाई देखाउन खोजेको छ । पछिल्ला केही वर्षदेखि सामाजिक काममा सक्रिय नक्षत्र फाउण्डेसनले गरिब, असहाय र निमुखा बालबालिकाहरूको शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आइरहेको सिइओ अर्जुन सुवेदीले जानकारी गराउनुभयो ।

भिडियोमा करुणा एक समाजसेवीका रूपमा देखिनुभएको छ । निर्देशक राई लामो समयदेखि अमेरिकामा बस्दै आउनुभएको छ । उहाँले अमेरिकामा आफ्नै निर्देशनमा तीन दर्जन बढी भिडियो बजारमा ल्याइसक्नुभएको छ ।

काठमाडौं आसपासका रमणीय क्षेत्रमा छायांकन गरिएको भिडियोको सिनेम्याटोग्राफर र सम्पादक विनोद याक्खा हुनुहुन्छ । जसको प्रोडक्सन म्यानेजर बुद्धि तामाङ रहनुभएको छ । भिडियो गायक राईकै अफिसियल च्यानल रिदम स्क्रिन क्रियशनमार्फत् सार्वजनिक गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?