नारी दिवसमा हिटाकर्मी अधिकारी सम्मानित

Read Time = 3 mins

काठमाडौं । ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा हिटाकर्मी गीता अधिकारी सम्मानित हुनुभएको छ । मञ्जुश्री असहाय संरक्षण केन्द्र काठमाडौं शाखाले नारी दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याउने नारीहरूलाई ‘उत्कृष्ट अन्तर्राष्ट्रिय नारी सम्मान’बाट सम्मानित गरेको हो ।

सम्मानित हुनेहरूमा हिटाकर्मी अधिकारीसहित नेपालको पहिलो महिला टेम्पो चालक लक्ष्मी शर्मा, वरिष्ठ कलाकार चैते देवी, समाजसेवी डा. आध्याश्री कार्की, व्यवसायी वर्षा आचार्यलगायत हुनुहुन्छ ।

कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सम्मानपत्र, खादा र मालाले सम्मान गर्नुभएको थियो । सो अवसरमा समाजमा योगदान पुर्‍याउने महिला दिदीबहिनीहरूलाई मायाको चिनोसमेत वितरण गरिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य शान्ति परियार, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य ज्ञानु बस्नेत, नेकपा माओवादी केन्द्रकी समानुपातिक सदस्य कल्पना मियाँ कार्यक्रमको विशेष अतिथिका रूपमा हुनुहुन्थ्यो ।

समाजमा योगदान पुर्‍याउने महिला दिदीबहिनीहरूलाई सम्मानित गरेको समाजसेवी, कलाकार तथा सो संस्थाको प्रेस सल्लाहकार राजन थापाले बताउनुभयो ।

मञ्जुश्री असहाय संरक्षण केन्द्र काठमाडौं शाखाकी महासचिव रितु अधिकारी (कमला)ले सञ्चालन गर्नुभएको कार्यक्रम मञ्जुश्री असहाय संरक्षण केन्द्र काठमाडौं शाखाकी अध्यक्ष मिना बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो । भद्रकालीस्थित राष्ट्रिय महिला आयोगमा आयोजित कार्यक्रममा केन्द्रीय अध्यक्ष खाँडलगायतका वक्ताहरूले ११३औँ महिला दिवसका बारेमा आ-आफ्नो धारणासहितको मन्तव्य राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?