आइतबार निर्माण व्यवसायी महासंघको २४ औँ साधारणसभा

Read Time = 2 mins

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २४औँ साधारणसभा र एफक्यान एक्सिलेन्स अवार्ड समारोह आगामी आइतबार काठमाडौं मा हुने भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालबाट हुने महासंघले जनाएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री एवं भौतिक, पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति रहने बताइएको छ । साधारणसभामा देशभरबाट करिब ११ सय प्रतिनिधि र पाँच सय पर्यवेक्षक सहभागी हुने महासंघका महासचिव रोशन दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

साधारणसभाका लागि महासंघका अध्यक्ष रवि सिंहको अध्यक्षतामा मूल आयोजक समिति र विभिन्न उपसमिति गठन गरिएका छन् । आइतबार नै भौतिक योजनामन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा एफक्यान एक्सिलेन्स अवार्ड समारोह आयोजना गरिने महासंघले जनाएको छ । सो अवसरमा निर्माण उद्योगको प्रवद्र्धनमा उल्लेखनीय योगदान दिने, उत्कृष्ट कार्य गर्ने निर्माण कम्पनीसहित भौतिक पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिने सञ्चारमाध्यम गरी कुल ३८ विधामा संस्था तथा व्यक्तिलाई पुरस्कृत गरिने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?