कुमारी जबले सेयर जारी गर्ने

Read Time = 2 mins

काठमाडौं । मानव संसाधनको क्षेत्रमा विगत नौ वर्षदेखि काम गर्दैै आएको रोजगारदाता कम्पनी कुमारी जब प्रालिले प्रारम्भिक पब्लिक अफरिङ(आइपिओ) जारी गर्ने भएको छ । सोही कार्यका लागि कुमारी जबले एनआइसी एसिया क्यापिटलको ‘आइडिया टु आइपिओ’ सेवा लिने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । २

०१४ मा स्थापित कुमारी जबले आफ्नो योग्यता र क्षमताअनुसार काम खोज्ने अनुभवी व्यक्ति र सही प्रतिभा खोज्ने रोजगारदाताबीच पुलका रूपमा काम गर्दै आएको छ । विभिन्न सेवामध्ये कुमारी जब पोर्टलमार्फत् जागिर खोज्ने र कर्मचारी खोज्ने संस्थालाई सेवा प्रदान गर्दै विभिन्न योग्यता र सीपअनुसारका श्रमिक आपूर्तिका साथै तालिमसमेत प्रदान गर्दै आएको छ ।

सो अवसरमा कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले कम्पनीलाई उच्च प्रविधियुक्त एकीकृत सेवा साथै ग्लोबल प्लेटफर्ममा पुर्‍याउन आइपिओमा जाने निर्णय गरेको बताउनुभयो । क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले आइडिया टु आइपिओअन्तर्गत एनआइसी एसिया क्यापिटलले संस्थागत परामर्श, निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रारको सेवा पनि प्रदान गर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?