बजारीकरण हुँदा पातारासीका आलु किसानलाई राहत

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका आलु किसानलाई बजारीकरण हुँदा राहत भएको छ । आलु उत्पादनको लागि सबैभन्दा उपयुक्त ठाउँ पाताराासीलाई थप बजारीकरण गर्नेका लागि अहिले हिमालयन सहकारीले गाउँगाउँमै पुगेर किसानको आलु खरिद गरिरहेको छ ।
सडक सञ्जाल जोडिनु पूर्व यहाँका महिला पैदल यात्राबाट जुम्ला सदरमुकाम खलंगा पुगेर धानसँग आलु साट्ने सो पालिका स्थानीयवासि अहिले गाउँमै २५ रुपैयाँ किलोमा आलु धमाधम बिक्री भइरहेको स्थानीयवासी मायादेवी बुढाले बताउनुभयो । घरमै आलुले बजार पाउँदा यहाँका स्थानीयवासी उत्साहित भएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको भनाइ छ ।

सहकारीले गाउँगाउँबाट आलु खरिद गरेपछि महिलालाई डोको बोकेर बजार खोज्नुपर्ने बाध्यता हटेको छ उपाध्यक्ष रोकायाले भन्नुभयो, ‘यहाँको आलु कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमका विभिन्न जिल्लामा निर्यात भइरहेको छ । पालिकाका सातवटै वडामा आलु उत्पादन हुन्छ । चैतमा रोपिने आलु वैशाखमा गोडमेल गरेर असोजमा संकलन गरिन्छ । हिँउदको समयमा घाम नलाग्ने ठाउँमा खाडल बनाएर भण्डार गरिन्छ । अहिले पातारासीका रिनि, पठमारा, बाँता गाउँबाट मात्र आठ सय क्विइन्टल आलु बाहिरा गएको उपाध्यक्ष रोकायाले बताउनुभयो ।’

पातारासीबाट आलु तराईका विभिन्न जिल्लामा निर्यात भइरहेको छ । आलु जोनहरूले समेत पातारासी बाटै बिउ मगाउने गरेको हिमालयन बहुउद्देश्यीय सहकारीका बजार व्यस्थापक राजेन्द्र बुढाले जानकारी दिनुभयो । सहकारीले आलुको अर्गानिक ब्राण्ड नै दर्ता गरेको छ । अहिले बजारमा अत्यधिक रूपमा आलुको माग हुने गरेको छ । पातारासीको उर्थुचौतारामा दशटन भण्डारण क्षमताको आलु संकलन केन्द्र स्थापना गरिएको हिमालयन बहुउद्देश्यीय सहकारीले जनाएको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लाभर दुई हजार ६५० हेक्टरमा आलुखेती भइरहेको छ । आलु उत्पादनको ६० प्रतिशत हिंसा पातारासी गाउँपालिकाले मात्रै ओगटेको छ । यहाँको ५० प्रतिशत आलुबाहिर जिल्लामा बिक्री हुने गरेको । कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?