काठमाडौं । स्ववियु निर्वाचनको तयारीमा जुटेका विद्यार्थी संगठनहरूले रत्न राज्य लक्ष्मी क्याम्पसमा तालाबन्दी गरेका छन् । स्ववियुविरुद्ध षड्यन्त्रपूर्ण हर्कत चलिरहेको आरोप लगाउँदै विद्यार्थीहरूले तालाबन्दी गरेका हुन् ।
२६ फागुनमा अनलाइनमार्फत सार्वजनिक गरिएको मतदाता नामावलीलाई व्यापक रूपले हेरफेर गर्ने कार्यमा क्याम्पस प्रशासन र निर्वाचन समिति संलग्न भएको भन्दै उनीहरू आन्दोलित बनेका हुन् । कुनै एउटा संगठनलाई फाइदा पुग्नेगरी गतिविधि भइरहेको भन्दै विद्यार्थीले क्याम्पसमा तालाबन्दी गरेका छन् ।
विद्यार्थीको नाम थपघट गरिएकाले निष्पक्ष छानविन नभएसम्म तालाबन्दी जारी नै रहने उनीहरूको चेतावनी छ ।
नेविसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, अरेरा स्ववियू क्रान्तिकारी, राप्रपा विद्यार्थी संगठन र समाजवादी विद्यार्थी युनियनले संयुक्त रूपमा तालाबन्दी गरेका हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच