बर्दघाटको दिव्यज्योती क्याम्पसमा विद्यार्थीले लगाए ताला

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको दिव्यज्योति बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको आधिकारिकताको विषय लिएर विद्यार्थीको एक समूहले तालाबन्दी गरेको छ ।

आज शनिबार नेपाल विद्यार्थी संघका अध्यक्ष बसन्त गिरीको समूहले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यालयमा एक निवेदन टाँस गरी तालाबन्दी गरेको हो ।

निवेदनमा गत फागुन १९ गते नेपाल विद्यार्थी संघका नाममा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि दर्ता नम्बर ३ मा दल दर्ता भएको तर, अर्को समूहले समेत नेपाल विद्यार्थी संघको नाममा दल दर्ता गरी आफूहरुलाई समूह भनिएको छ ।

उक्त समूहले आफूहरुलाई नेविसंघको आधिकारिकता प्रमाणीत गरिदिन निर्वाचन अधिकृतसँग अनुरोध गरेको छ ।

साथै आधिकारिकता प्रमाणीत नहुँदासम्म निर्वाचन प्रक्रिया अगाडी नबढाउन समेत निवेदनमा आग्रह गरिएको छ ।

निवेदनमा नेपाल विद्यार्थी संघका नाममा दुई वटा समूह भनी निर्वाचन गराउन खोजेमा यसले निम्त्याएको समस्याको जिम्मेवार स्वयं निर्वाचन आयोग र क्याम्पस हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?