स्पेजियासँग इन्टरको हार

Read Time = 1 min

मिलान । इन्टर मिलान इटालियन सिरी ‘ए’ फुटबलमा स्पेजियासँग २-१ ले पराजित भएको छ । घरेलु टोली स्पेजियाको जितमा ड्यानियल माल्दिनी र एमबाला एनजोलाले एक-एक गोल गर्नुभयो । इन्टरका रोमेलु लुकाकुले एक गोल फर्काउनुभयो ।

५५औँ मिनेटमा ड्यानियल माल्दिनीले गोल गर्दै स्पेजियालाई १-० को अग्रता दिलाउनुभयो । उहाँले एमबाला एनजोलाको पासमा गोल गर्नुभएको थियो । ८३औँ मिनेटमा रोमेलु लुकाकुले पेनाल्टीमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो ।

८७औँ मिनेटमा एमबाला एनजोलाले पेनाल्टीमा गोल गर्दै इन्टरलाई हार चखाउनुभयो । स्पेजिया भने पाँचौँ जित दर्ता गर्न सफल भयो । यस जितसँगै स्पेजिया २६ खेलबाट २४ अंक जोडेर १७औँ स्थानमा रहेको छ । पराजित इन्टर २६ खेलबाटै ५० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । इन्टर शीर्षस्थानको नेपोलीसँग १५ अंकले पछि छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?