भोजपुरको दक्षिण होम्ताङ उज्यालो वडा घोषणा

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर ।  विद्युत् को पहुँच पुगेपछि भोजपुरको दक्षिण होम्ताङ उज्यालो वडा घोषणा भएको छ । सदरमुकामको दक्षिणमा रहेको हतुवागढी गाउँपालिकाको वडा नम्बर ५, होम्ताङलाई एक कार्यक्रमका बीचमा गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले उज्यालो वडा घोषणा गर्नुभयो ।

सो ठाउँमा ११ केभी राष्ट्रिय प्रसारण लाइनअन्तर्गत विद्युत्को पहुँच पुगेको हो । वडा भित्रका ३६५ घरधुरीमा विद्युत् लाइन जडान भएपछि होम्ताङ उज्यालो वडा भएको छ । बाँकी रहेका केही घरधुरीमा पनि तत्काल विद्युत् जडान हुनेछ ।

हतुवागढी गाउँपालिकाभित्र नौवटा वडाहरू रहेको भए पनि पूर्ण विद्युतीकरण भएर यो वडा उज्यालो वडा बन्न सफल भएको छ । नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा गाउँपालिका भित्रका अन्य वडाहरूमा पनि पूर्ण बिद्युतीकरण गर्नका लागि आफू लागि गरेको पालिका अध्यक्ष राईले बताउनुभयो । उज्यालो वडा घोषणा कार्यक्रममा विद्युतीकरणमा सहयोग पु¥याउने निकाय तथा व्यक्तिहरूलाई कदर पत्रसमेत प्रदान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?