नुवाकोटमा निशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर

हिमालय टाइम्स
Read Time = 2 mins

नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा निशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ ।

पञ्चकन्या गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ मा ४२ जनाको मोतिबिन्दुका बिरामीहरूको निशुल्क शल्यक्रिया गरिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा ५२ देखि ८७ वर्ष सम्मका बिरामीहरूको निशुल्क मोतिबिन्दुको शल्यक्रिया गरिएको छ ।

पी रविनहुड फाउन्डेसन र गाउँपालिकाको आर्थिक सहयोग एवं दृष्टि आँखा अस्पतालको प्रविधिक सहयोगमा सातकन्या नमुना आधारभूत विद्यालयको भवनमा फागुन २५ र २६ गते शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा डा. भाइराजा श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले मोतिबिन्दुको शल्यक्रिया गर्नुभएको थियो ।

त्यसैगरी गाउँपालिकाको वडा १, २ र ५ वडाका मोतिबिन्दुका बिरामीहरूको भने फागुन २६ शल्यक्रिया गरिएको फाउन्डेसनका कार्यक्रम संयोजक स्मृती शर्मा तिवारीले जानकारी दिनुभयो ।

शल्यक्रिया शिविर कार्यक्रममा गाउँपालिका अध्यक्ष तामाङ, फाउन्डेसनका कार्यक्रम संयोजक तिवारी, दृष्टि आँखा अस्पताल प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?