काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले युएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेको छ र पहिले ब्याटिङ रोजेको छ । युएईले सुरुआतमा फिल्डिङ गर्नेछ ।
करण केसी र ज्ञानेन्द्र मल्ल टिमबाट बाहिरीदा स्पिनर ललित नारायण राजवंशी र अलराउण्डर गुलशन झा टिममा समावेश भएका छन् ।
आजको खेलमा आसिफ शेख (विकेट किपर), कुशल भुर्तेल, गुलशन झा, रोहित पौडेल (कप्तान),भिम सार्की, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, ललित नारायण राजवंशी, सोमपाल कामी र सन्दीप लामिछाने रहेका छन् ।
पहिलो खेलमा जित हात पारेको नेपाल आजको खेलमा पनि जित निकाल्न चाहन्छ ।
विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका तीन खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ ।
युएई भने यस सिरिजको दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका