खोटाङका दुई सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका-४ डुम्रेधारापानी र केपिलासगढी गाउँपालिका-४ बाक्सिलाको सिमपानीस्थित सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ ।

सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएपछि नजिकैको वस्ती जोखिममा परेको छ । धारापानीस्थित कालिका भगवती सामुदायिक वनमा शनिबार दिउँसोदेखि डढेलो सुरु भएको हो ।

साविक डुम्रेधारापानी–६ धारापानी वनबाट सुरु भएको डढेलो नियन्त्रण बाहिर गएपछि आतमारा, धैरेनीटार, मण्डलीछाप र कोटगाउँ जोखिममा परेको वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले बताउनुभयो । निभाउनका लागि नजिक जान सक्ने अवस्था नभएकाले डढेलोले क्रमशः भिषण आकार लिएको छ ।

डढेलो नियन्त्रणका लागि स्थानीयले जिल्ला प्रहरी कार्यालय खोटाङलाई जानकारी गराइसकेका छन् । बस्तीमा डढेलो पस्न नदिन स्थानीय प्रहरी चौकीबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?